महानन्द पाण्डे (महानंंद पांडे) - अहिलेसम्म थाहा भएको पुर्खा र तिनका छोरा, छोरी, नातिनातिना, पनाती... !


पराशर गोत्रीय कुुमाई - कुमाइँँ

कानाकोटको तस्बिर ।
कानाकोट


महर्षि ऋषि पराशर मुनि या ज्योतिषाचार्य पराशर मुनि

श्रृष्टिकर्ता : ब्रह्मा

सप्त ऋषिमध्येका एक ऋषि : वशिष्ठ ऋषि (पितामह)

पिता :  शक्ति ऋषि

माता : अद्यश्यंती

पत्नि : काली-मत्स्योदरी-मत्स्योगन्धा-योजनगन्धा-सत्यवती

छोरा : वेदव्यास ऋषि

धर्म  : वैदिक

ऋग्वेदको मंत्रदृष्टा, गायत्री मंत्रका महान साधक, सप्त ऋषिमध्येका एक महर्षि वशिष्ठका पुत्र-वेदज्ञ, ज्योतिषाचार्य, स्मृतिकार एवम् ब्रह्माज्ञानी ऋषि पराशरको पिता शक्तिमुनि र माता अद्यश्यंती थिए । महर्षि पराशर ऋषिले निषादराजकी छोरी या कन्या मत्स्योदरीसंग यमुना नदी पार गर्नेक्रममा नदीको बीच भागमा रहेको एक टापु नजिकै दुईजना बिचको शर्त अनुसार स्वीकार गरी समागमन भए पश्चात गर्भ रहन गई जन्मिएका थिए वेद व्यास । महाभारका  रचयीता तथा लेखक अनि एक शक्तिशालि थिए वेद व्यास । ऋषि पराशरबाट बच्चा पैदा भएपछि मत्स्यगन्धा नाम भएकी सत्यवतीले हस्तिनापुरका राजा शांतनुसंग विवाह गरी हस्तिनापुरकी कान्छी रानी बन्न पुगेकी थिईन ।
एकदिनको कुरा हो शक्तिमुनि पुर्व दिशाबाट आईरहेका थिए । त्यसैगरी पश्चिम मार्गबाट पनि राजा कल्माषपाद शिकार खेलेर आईरहेका थिए । दुईतिरको बाटो नै साँघुरो थियो यस्तो अवस्थामा बाटो दिदा कि त पुर्वी दिशाबाट आएकोले छोड्नु पर्ने हुन्थियो कि त पश्चिम दिशाबाट आएकोले । तर यहाँ ऋषि शक्ति मुनिले आफु राजाभन्दा ठुलो हुने र सम्मान बढी हुने भएकाले राजा नै पछि हट्नुपर्ने भनि ऋषि शक्ति आफु हटेर बाटो छोड्न तयार हुदैनन र आफ्नै स्थानमा रहन्छन । राजाको राजदण्डको अहंकारले कल्माषपाद पनि पछि हट्न मान्दैनन् र दुईबीचमा अनेकथरी भनाभन हुन्छ र ऋषि शक्तिमुनि क्रोधित हुदै आफुलाई अपमान-तिरस्कार गरेको भनी राजा कल्माषपादलाई श्राप दिन्छन्- यसै समयमा राक्षस भईजाउ भनि । त्यसपछि कल्माषपाद एक भयांकर शरिर भएको राक्षसको रुपमा परिणत हुन्छन र ऋषि शक्तिलाई एकै गाँसमा निलिदिन्छ र ऋषि शक्तिको जीवनलिला नै समाप्त हुन्छ ।

पराशर ऋषिका बाल्यकलका गुरु यज्ञवल्क्य थिए । पिता शक्तिमुनिको कल्माषपाद नाम गरेको एक राक्षसले खाएको कुराको जानकारी भएपछि ऋषि पराशरले विश्वभरका राक्षसको नाश गर्ने निर्णयगरी राक्षस-सत्र यज्ञ प्रारम्भ गरे जहाँ एक एक गरी राक्षस जाति त्यस यज्ञको अग्निमा आएर देह त्याग गरी भष्म हुनथाले । यो देखेर महर्षि पुलस्य पराशर ऋर्षिको उक्त यज्ञमा गएर उनले यो यज्ञ रोक्नको लागि प्रार्थना गरी अहिंसाको उपदेश दिएका थिए र पुलस्याको आज्ञापछि राक्षस सत्र यज्ञ पनि रोकेका थिए पराशर ऋषिले । यदि पुलस्याले रोक्न प्रार्थना नगरेका भए ब्रह्माण्डको सम्पुर्ण राक्षसको संहार हुने थियो ।