दैलेखको दुल्लु स्थिति दामुपालको अभिलेख नेपाली भाषामा लेखीएको पहिलो अभिलेख भएता पनि यसको संरक्षण हुन नसक्दा आफ्नो अस्तित्व गुमाउँदै गएको गुनासो गर्छन् सम्पदा प्रमीहरु । देवनागरी लिपिमा लेखिएको यस्तो अभिलेख हालसम्म अन्यत्र कतै नभेटिएकोले यो नै एकमात्र नेपाली भाषामा लेखिएको सबैभन्दा पुरानो प्रमाण मानिन्छ ।दैलखको श्रीस्थानमा बर्षौ देखी निरन्तर रुपमा ज्वाला बलिरहेको छ । जुन बाईसे चौबिसे राज्यमा शक्तिाशाली मानीएको दुल्लु र दैलेख सदरमुकामको विच खोचमा रहेको छ । श्रीस्थान खोलाको छेउमा बर्षौ देखी निरन्तर बलीरहेको छ ज्वाला तर्फ पछिल्लो समयमा सरकारको नजर त पुग्यो तर जस्ताको तस्तै भने भैm कुनै संरक्षणको पहल भने भएन । पञ्च तिर्थ स्थल मध्येको एक श्रीस्थानका आफ्नो छुट्टै धार्मिक महत्तव रहेको छ । पाँच पाण्डवको समयदेखी निरन्तर आगोको ज्वाला बल्दै आएको हो भन्ने जनविश्वस रहेको छ । यही ज्वाल रहेको मन्दिर नै श्रीस्थान ज्वाला मन्दीर हो । दुल्लु क्षेत्रदुल्लु क्षेत्रमा दुल्लु दरबार, नेपाली भाषामा लेखीएको पहिलो अभिलेख तथा ऐतिहासीक महत्तव बोकेका पाटी , पौवा, अभिलेखहरु प्रस्तत मात्रामा यत्रतत्र छरीएर रहेका छन् । यो क्षेत्र खस राज्यको पालामा कर्णाली क्षेत्रको प्रमुख ब्यापारीक केन्द्र समेत रहेको ईतिहासमा उल्लेख गरिएको छ । दुल्लूमा रहेको अर्को महत्वपूर्ण अभिलेख हो कीर्तिस्तम्भ जसलाई कर्णाली प्रदेशका शाशक पृथ्वी मल्लले बि.सं.गाढेका थिए ।श्रीस्थान क्षेत्रयसै गरी श्रीस्थानको पश्चिममा नाभीस्थान मन्दिर पर्दछ । जस्मा दुईवटा ज्वाला बल्ने गर्दछन् । यस मन्दिमा श्रीस्थान मन्दिर जस्तै पहिले जता ततै ज्वाला बल्ने मन्दिरमा भेटिएका पुजारी बताउँछन् । श्रीस्थान र नाभिस्थानको ज्वालाको आगो ल्याएर मृत शरिरमा दागबत्ति दिने गरीन्छ । यहाँको ज्वालाको आगोले दागबत्ति दिएमा मृत आत्मले शान्ति पाउनुका साथै स्वर्गबास हुन्छ भन्ने जनविश्वास रहेको छ ।