श्री कैलाश आश्रम


बाणगङ्गा नगरपालिका वडा नं २ नन्दनगर कपिलवस्तु नेपाल स्थित यो आश्रम

  • प्राचीन समयमा विभाण्डक ऋषिको तपस्थली हो भने ऋष्यश्रृङ्ग ऋषिको जन्मस्थल पनि हो प्राचीन अविरल भागीरथी नदीको रूपमा प्रसिद्ध बाणगङ्गा नदीको तटमा उत्तम मनोरम वातावरणमा अवस्थित यस आश्रममा एक गुरुकुल पद्दतिको कपिलवस्तु जिल्ला को एकमात्र संस्कृत गुरुकुल संचालन भैरहेको छ । यस गुरुकुलमा ७५ जना विद्यार्थी बटुकहरु आवासीय रुपमा वसी अध्ययन गरिरहेका छन्।