प्रयोगकर्ता:Krish Dulal/विकिमेनिया २०१६ मा विकिमिडिया नेपाल
(प्रयोगकर्ता:Krish Dulal/Wikimania2016बाट अनुप्रेषित)
नमस्ते! यो पृष्ठ मैले विकिमेनिया २०१६ को बारेमा अाफ्ना अनुभव सुनाउन तयार पारेको हुँ।
विकिमिडिया फाउन्डेसनको वार्षिक सम्मेलन विकिमेनिया २०१६ इटालीको इसिनोलारियोमा सम्पन्न भयो। विकिमेनियामा विकिपिडिया र यसका भातृयोजनाहरूका स्वयंसेवकहरूको सम्मेलन, वार्तालाप, भेटघाट तथा ह्याकाथन गरेर मनाइन्छ।
नेपाली समुदायबाट सहभागी विकिमिडियनहरू:
उपलब्धिहरू
सम्पादन गर्नुहोस्- विकिपिडिया नेपालको दिशानिर्देशसँग मेल नखाने मुख्य लोगो परिवर्तन भएको छ।
- कम्युनिटी भिलेज (सामाजिक केन्द्र)मा एउटा स्टल स्थापना गरी नेपाली विकिपिडियनहरूले वर्षभर सञ्चालन गरेका विभिन्न आयोजनाहरू बारे जानकारी दिइयो।
- एसियाली भाषाहरूका विकिपिडियामा भइरहेका गतिविधिहरू बारे जानकारी दिन भेटघाट कार्यक्रममा भाग लिइयो।
- विकी प्रोजेक्ट मेड, विकिडेटा, लैङ्गिक असमानता, कमन्स, विकि लभ्स अर्थ, कन्टेन्ट ट्रान्सलेसन, विकी शिक्षा कार्यक्रम, विकिलाइब्रेरीसम्बन्धि विभिन्न छलफल तथा प्रस्तुतिमा भाग लिइयो।
- नेपाली विकिपिडियनहरूले गरेका सहभागिता। काम, उपलब्धिहरू तथा भविष्यका योजनाहरूमा बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भयो।
चुनौतीहरू
सम्पादन गर्नुहोस्- सहभागिताको लागि छनौट भएका साथीहरू पनि भिसाको कारण सहभागी हुन पाएनन्।
- यस पटकको अायोजना स्थलमा कार्यक्रमहरू फरकफरक स्थानमा गरिएकाले धेरै कार्यक्रमहरूमा सहभागी हुन सकिएन।
- अायोजना स्थलमा बेलाबेलामा भएको इन्टरनेट कनेक्सनको अभावले समस्या भयो।
- सहभागी सङ्ख्या कम भएका कारण धेरै कार्यक्रमहरू छुटे।
- नेपालमा भएका कुनै पनि सामग्रीहरू ल्याउन सकिएन।
सिकाइ
सम्पादन गर्नुहोस्- विकिपिडियामा सामान्य रूपमा समाधान हुन नसकेका प्राविधिक समस्याहरू समाधान गर्न फेब्रिकेटरमाबाट विश्वभरका प्राविधिक स्वयम्सेवकहरूको सहयोग लिन सकिने रहेछ।
विकिमेनियाका तस्वीरहरू
सम्पादन गर्नुहोस्-
कम्युनिटी भिलेजमा अनुभव साट्दै
-
क्रियाकलापहरू बारे जानकारी दिँदै
-
भारतीय मित्रहरूसँग
-
रेडियो पत्रकारसँग लक्ष्मी
-
जिम्मी वेल्ससँग
-
क्याथरिनसँग लक्ष्मी
-
एक कार्यक्रममा