किरण पौडेल नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ । उहाँको जन्म २०२३ सालमा बाग्लुंग जिल्ला बलेवा पैयुपाटामा  भएको हो । उहाँका बाबु,आमा हेमराज शर्मा  र केशरी कुमारी शर्मा  हुनुहुन्छ । 

किरणका एक भाई छन् । किरणले बलेवाको त्रिभुवन हाइस्कुलमा पढ्नुभयो । स्कूल पढ्ने बेला उहाँको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो । परिवारले पनि पनि त्यही आशा गरेको थियो । तर उहाँ २०४२ सालमा आइ एस्सी पढ्दा चितवनमा प्रजातान्त्रिक आन्दोलन सत्याग्रहमा गिरफ्तार हुनु भयो । २०४५ सालको पंचायती ब्यवस्था विरुद्धको विद्यार्थी आन्दोलनमा गिरफ्तार भइ सेन्ट्रल जेल, काठमाण्डौंमा वन्दी हुनु भयो । पंचायती ब्यवस्था विरुद्धका कार्यक्रमहरुमा सहभागी हुनेक्रममा दर्जनौ पटक गिरफतार भै काठमाण्डौमा प्रहरी हिरासतमा बस्नु भएका किरण २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा केन्द्रीय तहमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । शाही शासनका विरुद्ध संचालित प्रतिगमन विरोधी आन्दोलन ऐतिहासिक जनआन्दोलन २०६२÷६३मा सक्रियतापूर्वक सहभागी हुँदा पटक पटक गिरफतार भएर हिरासतमा बस्नु भएको थियो । बिद्यालय तहबाट नै ने बि संघ का विविन्न पदहरुमा रहदै बाग्लुंग-काठमाडौँ सम्पर्क समितिको सचिब , ने.वि.संघ त्रि–चन्द्र क्याम्पसको अध्यक्ष (२०४६-४९),नेपाली कांग्रेस जिल्ला कार्यसमिति,वागलुङको सदस्य २०५१, ने.वि.संघ केन्द्रीय समिति सदस्य(२०५३–२०५७)ने.वि.संघ केन्द्रीय समिति महामन्त्री (२०५३–२०५७ ) र नेपाली काँग्रेस, क्षेत्र नं २ वागलुङबाट २०६० साल देखि महासमिति सदस्य रहदै आउनुभएको छ । उहाँ धौलागिरी अंचलबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य पदमा उठ्नु भएको थियो

तर केहि झिनो मतको कमिले दोस्रो स्थानमा पुग्नु भयो। उहाँले बाणिज्य शास्त्रमा  स्नातकोत्तर (एम.बि.ए) र बिज्ञानमा स्नातक (बि.एस्सी.)सम्म अध्ययन गर्नु भएको छ । उहाँले २०४६ सालमा 

योगेश्वोर ढकालकि छोरी विष्णुदेवी शर्मा संग बिबाह गर्नु भएको थियो । ऊहाँकि पत्नी हाल ग्लोबल बैंकमा कार्यरत हुनुहुन्छ भने छोरी रमा भारतमा बिबिए, सीता बुढानिलकण्ठ स्कूलमा कक्षा १० मा र छोरा सज्जन बृहस्पति बिद्यासदनमा ८ कक्षामा पढ्दै छन् ।