खस मष्ट

खस नेपाल को प्राचीन जाति हरु मध्य पस्चिम को एक प्रमुख जातिमा पर्दछ। मष्ट खस जातिको प्रमुख देवता हुन। हिन्दु बौद्ध धर्म अपनाउनु पुर्व खस हरुको प्राकृत धर्म मष्ट नै थियो।खस जाति लाइ चिन मा साइ जनजाति भनेर चिनिन्छ। खस जातिका पुर्खा हरु वैदिक आर्य हरुको बाटो दक्षिण तिर को भारत नभएर उतर भोट तिब्बत हुँदै आएको पाइन्छ। शारिरिक बनावट हेर्दा न त आर्यन न मंगोल जस्तै मध्यम खाले देखिन्छ भने मंगोल मुल का मानिसहरूको विचमा भने छुट्टयाउन गाह्रो हुन्छ । कसै कसैले आर्यन नश्ल हो भन्छन भने धेरै इतिहासविद् हरु तुर्कमंगोल मा पर्ने गरेको पाईन्छ यद्दपि बैज्ञानिक पुष्टि हुन सकेको छैन। पस्चिम नेपालका खस जातिलाइ ब्राह्मण हरुको आगमन पश्चात गोत्र र जनाइ दिएर धेरै पछि मात्र क्षेत्रि बनाइएको इतिहास छ भने आजभोलि पनि उनिहरु लाइ खासिया, खसेतरा जस्ता शब्द प्रयोग गरिएको पाइन्छ।