प्रयोगकर्ता:Dorje tamang/प्रयोगस्थल
===== बौद्ध धर्मका===== बौद्ध धर्मका तीन प्रमुख निकायहरु The three major sects of Buddha Dharma. थेरबाद, महायान र बज्रयान ( तन्त्रयान ) थेरबाद निकाय:- थेरबाद निकायका अनुयायीहरुले बुद्धलाई प्रथम गुरुका रूपमा श्रद्धाभावपुर्ण पुज्दछन । बुद्धले ४५ बर्षसम्म आफुले प्राप्त गरेको बोधीज्ञानको बारेमा पालिभाषामा प्रबचन दिने हुनाले यश निकायका अनुयायीहरुले पालिभाषाको बौद्ध धर्म ग्रन्थहरुलाई महत्वपुर्ण आधारको रूपमा मान्दछन । ती सबैभन्दा प्राचीन बौद्ध धर्म ग्रन्थहरुमा जस्तै:- (१) सुत्तपिटक: यश संसारको दु:खबारे दार्सनिक बिचारको व्याख्या । (२) अभिधम्मपिटक: मानिसलाई सहि मार्गमा निर्देशन गर्ने शिक्षाको ब्याख्या । (३) विनयपिटक: भिक्षु, भिक्षुणिहरुको जीवनचर्याबारे नियमवली शिक्षाको व्याख्या । यी तिनवटा धर्मग्रन्थहरुबाट त्रिपिटक निर्माण गरेको मानिन्छ । यसका साथै नेपाली भाषामा अनुबाद भएका बिनयपिटक, दिघनिकाय र मज्झिम निकायका धर्म ग्रन्थहरु रहेका छन । यी धर्म ग्रन्थहरुको संरक्षण एवं संवद्धर्न गरि बुद्धद्वारा प्रतिपादित सिल, समाधी र प्रज्ञालाई विशेष दु:ख निर्बाणका लागि अभ्यास गरिन्छन । पालिभाषामा आधारित बुद्धबचन र बुद्धका सिदान्तलाई कुनै एक शब्दपनि परिवर्तन नगरी बुद्धका ती दुर्लभ मार्गदर्शनहरुलाई पालना गरि गहिरोसङ ध्यान - भावना गरे ती मानिस अर्हत प्राप्त गर्न सक्दछन भन्ने कुरामा यश निकायका अनुयायीहरुले बिश्वास राख्दछन । महायान निकाय:- यश महायान निकायका अनुयायीहरुले पनि सस्कृत भाषामा लेखिएका बुद्ध वचन र सिद्धान्तलाई आ-आफ्नो देशको भाषामा अनुबाद गरेको पाईन्छ । बिस्वभरकै मुलुकमा सबैभन्दा धेरै तिब्बती भाषाको लिपिमा अनुबाद गरि ९ औ सताब्दीदेखि नै तिब्ररुपमा प्रचार हुन थालेको देखिन्छ । महायान निकायका प्रथम सिद्धान्त भने अलौकिक बुद्धहरु लगायत बर्तमान साक्यमुनी गौतम बुद्ध र बिबिध बोधिसत्वहरुलाई गहिरो अभ्यास गरि मान्दछन । विविध बोधिसत्वहरुको गहिरो अभ्यास गरि यश भावसागरमा दु:ख पिडाको रूपमा भौतिक जीवन बिताई रहेका सर्बजिबप्राणिहरुको उद्धार गर्न सके हरेक मानिस बुद्ध भइ सहि मार्गमा निर्बाण प्राप्त गर्न सकिन्छ भन्ने कुरामा यश निकायका अनुयायीहरुले पुर्णरूपमा बिश्वास राखेको पाईन्छ । महायान बौद्धधर्म निकायका प्रत्येक गुरुहरुले बिबिध बोधिसत्वसम्बन्धी र शन्यूताको मार्गलाई अभ्यास गरि १० वटा पारमिताबारे ज्ञान हासिल गर्नु अनिवार्य हुन्छ । ती १० वटा पारमिताहरु यसप्रकार छन:- (१) दान पारमिता (२) सिल पारमिता (३) सान्ती पारमिता (४) बिर्य पारमिता (५) ध्यान पारमिता (६) प्रज्ञा पारमिता (७) बल पारमिता (८) उपाय पारमिता (९) प्रणिधान पारमिता (१०) ज्ञान पारमिता । यी १० वटा पारमिता भन्नाले संसारको दु:ख पिडालाई उद्दार गर्ने महत्वपूर्ण मार्गहरु हुन, जसको संक्षिप्त ब्याख्या यश प्रकार छ । (१) दान पारमिता:- जसले जे मागेपनी दान दिई दानी भएको अर्थात प्रत्येक प्राणिहरुको भलाइका लागि आफुले सक्दो बिलादन गर्नु नै कुसल कर्म र दान पारमिता हो । (२) सिल पारमिता:- चर्या अनुसार हजारसिलले युक्त भएको अर्थात प्रत्येक मानव प्राणिलाई जिबनयापन गर्नका लागि सिल पारमिताको अति आबस्यक पर्दछ । यसमा प्रथम पक्ष भनेको अहिंसा परमो धर्मको नियमलाई पालना गर्नु हो । (३) सान्ती पारमिता:- करुणाले सर्बप्राणिहरुलाई नमारेको अर्थात लोककल्याणका लागि प्रत्येक मानिसमा हरेक किसिमका दु:ख पिडाहरु आईपरे तापनि सहनसिल भई त्यसको उपकार गर्नु नै यसको प्रथम उद्देश्य र सु-कर्मको मार्ग हो । (४) बिर्य पारमिता:- देबि, मनुष्य, दैत्य आदिले मार्न नसकेको पराक्रम भएको अर्थात यसले प्रत्येक मानिसलाई हौसला र उत्साहको मार्गतिर अगाडी बढाउदछ । तर, सहि मार्गमा आफ्नो चित्तलाई वंशमा राखी सबै प्राणिहरुको उद्दार गर्नु नै बिर्य पारमिता हो । (५) ध्यान पारमिता:- योग, समाधी, ध्यान सबै जानेको अर्थात मानिसको चञ्चल चित्तलाई सुन्यताको मार्गमा एकाग्रता गरि अध्यात्मिक अभ्यासद्वारा सम्पुर्ण लोकका प्राणिहरुलाई उद्धार गर्नु नै ध्यान पारमिता हो । (६) प्रज्ञा पारमिता:- सिल, समाधी र प्रज्ञायुक्त आचरण द्वारा कुसल कर्महरु गर्नको लागि यो मार्ग महान छ । (७) बल पारमिता:- सत्यधर्म प्रकाश गरि सबैलाई जितेको । आफू र सजिब प्राणिहरुका निम्ति सदैब कुसल कर्म गरि बल पारमिताको पालना गर्नु हो । (८) उपाय पारमिता:- परोपकार हुने ज्ञानबृस्टि गरेको साथै आफुले सधै कुसल कर्म गरि सम्पुर्ण प्राणिहरुको कल्याणको लागि कार्य गर्नु नै उपाय पारमिता हो । (९) प्राणिधान पारमिता:- सजिब प्राणिहरुको कल्याणको निम्ती कुसल कर्महरुबारे सबैलाई बोध गराउनु नै प्राणिधान पारमिताको पालना गर्नु हो । (१०) ज्ञान पारमिता:- संसारको दु:ख पिडाको बन्धनबाट मुक्त हुने ज्ञान प्राप्त गरिसकेपछी ज्ञानलाई सजिब प्राणिहरुको कल्याणका निम्ति प्रचार गर्नु नै ज्ञान पारमिता हो । बज्रयान निकाय:- यश बज्रयान निकायका अनुयायीहरुले पनि अलौकिक बुद्धहरु लगायत बर्तमान शाक्यमुनी गौतम बुद्धलाई लोककल्याणका अग्रनायकका रूपमा पुज्दछन । महाबोधिसत्व अवलोकितेस्वरलाई विशेष आस्थाका रूपमा लिइन्छ । बिबिध बोधिसत्वहरुलाई आफ्ना प्रतिकात्मक देब-देबिका रूपमा मान्दछन । त्यसै कारणले यश निकायका अनुयायीहरुले मुर्तिपुजालाइ पनि विशेष प्राथमिकता दिएको हुन्छ । महाबोधिसत्व अवलोकितेस्वरको गहिरो अभ्यास गर्न सके उहाँको सहयोग र आफुले गरेको ध्यान, जप, प्रज्ञा, योग, तन्त्र-मन्त्र र शन्यूताको मार्गलाई राम्रो साधना गरे एक जीवन कालमै बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने कुरामा यश बज्रयान निकायका अनुयायीहरुले पुर्ण बिश्वास गर्दछन । भगवान बुद्धको चार आर्य सत्यहरु १. मनुष्य जीवनमा दुख छ । २. दुखको कारण छ । ३. दुखको अन्त्य हुन्छ । ४. दुखको अन्त्य हुने बाटो छ । यसलाई पार गर्न अष्टाङ्ग मार्गहरु यस प्रकार रहेको छ । १. सम्यक सोच २.सम्यक बचन ३.सम्यक जागरण ४.सम्यक जीवनयापन ५.सम्यक प्रयन्न ६.सम्यक कार्य ७.सम्यक ध्यान ८. सम्यक बिचार । पञ्चशील १. प्राणी हिंसा हत्या नगर्नु २. चोरी नगर्नु ३. झुटो नबोल्नु ४. ब्याभिचार नगर्नु ५. लागुपदार्थ सेवन नर्गनु । यी पाच वटा कुरा मात्र हामीले हाम्रो जीवनमा पालना गर्न सक्ने हो भने आज दिन प्रर्ति दिन बढदै गएको हिंसा , चोरी तथा अशान्ति को अन्त्य छ साथै समाजमा एक आपसमा आत्मियता, सदभाव , मित्रता तथा शान्तिपुर्ण बाताबरण सिर्जना हुनसक्नेछ । आजाको विश्व परिभेषमा झन बुद्धको सन्देश सान्दर्भिक तथा अति आवश्यक भएको हामी सबैलाई महसुस भएकै हुन पर्दछ ।
त्रिपिटक त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो। त्रिपिटकलाई तीन भागमा विभाजन गरिएको छ, विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटक। यिनीहरूको विस्तार यस प्रकार छ ! 1) विनयपिटक
- सुत्तविभङ्ग (पाराजिक, पाचित्तिय)
- खन्धक (महावग्ग, चुल्लवग्ग)
- परिवार
- पातिमोक्ख
2) सुत्तपिटक
- दीघनिकाय
- मज्झिमनिकाय
- संयुत्तनिकाय
- अङ्गुत्तरनिकाय
- खुद्दकनिकाय
- खुद्दक पाठ
- धम्मपद
- उदान
- इतिवुत्तक
- सुत्तनिपात
- विमानवत्थु
- पेतवत्थु
- थेरगाथा
- थेरीगाथा
- जातक
- निद्देस
- पटिसंभिदामग्ग
- अपदान
- बुद्धवंस
- चरियापिटक
3) अभिधम्मपिटक
- धम्मसङ्गणि
- विभङ्ग
- धातुकथा
- पुग्गलपञ्ञति
- कथावत्थु
- यमक
- पट्ठान।
बुद्ध धर्म मनोवैज्ञानिक धर्म हो हामी नेपालीहरुसँग गौरव गर्न लायक धेरै कुराहरु छन् । ती मध्ये सबैभन्दा गौरव गर्न लायक हुन् गौतम बुद्ध । अब गौतम हाम्रा मात्र होइनन् । विश्वकै हुन् । विश्वकै प्रकाशपुञ्ज हुन् बुद्ध । बुद्ध जस्तो विकसित आत्मा कुनै पनि देशका लागि गौरव गर्न लायकको कुरा हुनेगर्छ । बुद्ध एक धार्मिक गुरु थिए । त्यस बेलाको समाजमा जुन संस्कार चलेको थियो, ती संस्कारहरुमा धेरै ठूलो प्रहार नगरीकनै बुद्धले धर्ममा वैज्ञानिकताको प्रवेश गराएका थिए । विज्ञानले महान् शिक्षक गौतम बुद्धको मानव व्यक्तित्वलाई पुनःस्थापित गरेको छ । बुद्ध धर्म बुझेको मानिसलाई के पनि थाहा हुन्छ भने धर्म पनि वैज्ञानिक कुरा नै हो । यसैको परिणाम बुद्ध धर्मले कहिल्यै विज्ञानको विरोध गरेन । तर धर्मको विरोध गरेको अभियोगमा पश्चिममा कति वैज्ञानिकहरुलाई फाँसी नै दिइयो । सूर्यले होइन पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्दा बाइबलको विरोध गरेको अभियोगमा झन्डै बढेसकालमा ग्यालिलियोलाई पनि फाँसी भएको थियो । तर माफी मागेकाले उनी बाँचे । बुद्धको समयमा त झनै धर्ममा आत्मापरमात्मा, इहलोक परलोक जन्म पुनर्जन्म जस्ता कुराको अन्धविश्वास थियो । बुद्धले यो कुरा नमानेपछि त्यस बेला ब्राह्मणहरुले उनलाई एक नास्तिकको रुपमा प्रचार समेत गरे । बुद्धको शिक्षाको मुख्य उद्देश्य मानव जीवनलाई सुखमय बनाउनु हो । र यो सुख कसरी प्राप्त हुन्छ भन्ने कुराको खोज गरे उनले । बुद्धका अनुसार मानिस त्यो बेला सबैभन्दा सुखी हुन्छ जब ऊ सारा बन्धनबाट स्वतन्त्र हुन्छ । र, त्यो स्वतन्त्र स्थिति आएपछि ऊ बुद्ध बन्छ । बुद्ध कसैले भनेका छ या कतै पुस्तकमा लेखेको छ भनेर विश्वास नगरेर आफ्नै अनुभूत गर्नमा भिक्षुहरुलाई प्रेरित गर्थे । बुद्धका अनुसार हरेक मानिसमा बुद्ध बन्ने बीज हुन्छ । ऊ सक्छ । तर त्यसका लागि उसले श्रम गर्नका लागि तयार हुनुपर्छ । अर्थात् श्रम गर्नसक्ने हरेक मानिसले बुद्धत्व प्राप्त गर्न सक्छ । बुद्धले प्रकृतिको नियमको गहन अध्ययन गरे र के नतीजामा पुगे भने जुन नियमले बाहिरी वातावरणमा काम गरिरहेको छ, त्यही नियमले हाम्रो शरीरभित्र पनि काम गरिरहेको हुन्छ । अर्थात् त्यस बेलाको रुढिग्रस्त समयमा पनि उनले संसारलाई बुझाए ब्रह्माण्डको नियम र एक मानिसको आन्तरिक नियम एउटै हुन्छ । उनका अनुसार मानव शरीरमा सबै लोक बसेको छ । बुद्धका अनुसार मानव जीवनको मूल समस्या राग, द्वेष, मोह, घृणा, लोभ र भयको विकारबाट कसरी छुटकारा पाउने भन्ने हो । यही विकारले आपसी लडाइँ, एकअर्कासँग युद्ध, आर्थिक असमानता, शोषण अत्याचार भेदभाव, हिंसा र आतंकवादलाई जम्म दिन्छ । यो यस्तो मूलभूत समस्या हो जुन हरेक युगमा रहेको छ र रहनेछ । केवल त्यसको रुप र स्थान बदलिएको छ । निकै पछि मात्र बुद्धले नारीहरुलाई पनि संघमा सामेल गराए । भिक्षुणी संघमा रहन थाले । धेरै मानिसका मत छ बुद्ध यस्तो चाहँदैन थिए त्यसैले निकै कडा आठ नियममा बाँधेर मात्र उनले नारीहरुलाई भिक्षुणी बन्ने कुरामा सहमति दिए । भनिन्छ यसका लागि आनन्दले निकै जोड गर्नु परेको थियो । कतिको मत छ प्रजापति गौतमी जबरजस्ती भिक्षुणी बनेर संघमा सामेल नभएकी भए नारीहरु यो अवसरबाट वञ्चित नै रहने थिए । त्यस्तै कतिको मत छ बुद्धले भनेको मानिन्छ, यदि मेरो धर्म पाँच हजार वर्ष बाँच्थ्यो भने नारीलाई संघमा सामेल गराएमा पाँचसय सय वर्षमा नै विकृति आउने छ । यदि नारीहरुलाई भिक्षुणी बन्नबाट वञ्चित गरिएको भए यो आजको सुपर मोर्डनिज्म युगमा बुद्ध धर्मका लागि निकै ठूलो अवगालको विषय हुने थियो । तर यी कुनै पनि मतलाई पत्याएर बुद्ध यति अदूरदर्शी थिए होलान भनेर कुनै पनि हालतमा मान्न सकिँदैन । माथि पनि लेखियो बुद्ध कुनै पनि संस्कारमाथि आक्रमक थिएनन् । उनी त गलत संस्कारमा बाँचेको त्यसबेलाको समाजलाई विस्तारै आप्mनो धम्ममा ल्याउन चाहन्थे । कुनै पनि कुरामा अतिका विरोधी थिए बुद्ध । त्यसैले उनले नारीहरुलाई संघमा सामेल गराएर त्यस बेलाका नारीहरुप्रति निकै कठोर समाजको आक्रमणको तारो बनेर नारीलाई सदाका लागि संघको ढोका बन्द गराउनुको साटो समय आएपछि यसको व्यवस्था गर्ने योजनामा थिए । र, उनले पहिलो पटक प्रजापति गौतमीले भिक्षुणी बन्न गरेको अपिल यसै भनेर अस्वीकार गरेका थिए । र, जुन बेला गौतमी प्रजापति र उनका साथमा भिक्षुणी बनेर आएका नारीहरुलाई संघमा प्रवेश गराइयो त्यसबेला लागु गरिएका कडा आठ नियम पनि त्यसै कारणले थियो । यसरी नारीलाई पुरुषको बराबरी हक दिने बुद्ध विश्वका पहिलो धर्मगुरु बने । भिक्षुणी संघको स्थापना गरेर गौतम बुद्धले नारी स्वतन्त्रताको अभिव्यक्ति दिए र उनीहरुको चतुर्मुखी विकासको बाटो प्रशस्त गरे । यो यस्तो क्रान्तिकारी कदम थियो जसले स्त्रीको स्वतन्त्र अस्तित्व, उनको व्यक्तित्वलाई अभिव्यक्त गर्ने मौका पायो र दुनियाँको इतिहासमा पहिलोपटक स्त्रीलाई यो सिद्ध गर्ने मौका मिल्यो कि आध्यात्मिक मार्गमा चल्न र आध्यात्मिक शक्ति प्राप्त गर्न स्त्रीहरु कसैगरी पनि पुरुषभन्दा पछाडि छैनन् । कुनै पनि धर्म नारीहरुप्रति यति उदार हुन सकेनन् । दीक्षित हुने अधिकार पाउनाले स्त्रीले पहिलोपटक भात–भान्सा बाहेक आफ्नो आत्म उन्नति गर्नका लागि साधना गर्ने मौका पाए र आफ्नो मानवीय गुणको चौतर्फी र सर्वांगीण विकासको अवसर पाए । बुद्धको समयमा संसारको स्थिति के थियो त ? यो चाखको विषय हुन सक्छ । जुन समयमा गौतम बुद्धको जन्म भयो र उनलाई सुन्न थालियो त्यो बेला चीनमा चाऊ वंशको पतन पूर्ण रुपमा भइसकेको थियो र राजशाहीको प्रभाव थिएन भन्दा पनि हुन्छ । लगातार आपसमा लडाइँ झगडा गरिरहने देशमध्ये एक शानतुंग मे, लाऊ मे, दार्शनिक कन्फ्यूशियस (५५१ देखि ४७९ इसा पूर्व) या कुंग फु त्सु थिए जो बुद्धका समकालीन थिए । जापानमा बुद्धको जन्म हुनुभन्दा एक सय वर्ष पहिला (६६० इसा पूर्व) साम्राज्यको स्थापना भएको थियो । बेबिलोनियामा राजा नेबुचाट्रेज्जारको निधन (५६२ इसा पूर्व) लगभग त्यसै समयमा भयो जब बुद्धको जन्म भयो । आक्सस घाटीमा जराथुस्ट्र बुद्ध जन्मनुभन्दा एक या दुई दशक पहिला एक नयाँ धर्मको उपदेश दिइरहेका थिए तर मिश्रको सभ्यता बचेको थियो । फारसमा साइरस महान् (५५० देखि ५२९ इसा पूर्व) को शासन थियो जुन बुद्धको जीवनको प्रारम्भिक वर्ष थियो । गृहस्थबाट यायावर बनेका गौतम बुद्ध भारतको पूर्व र उत्तरमा ठाउँ ठाउँ घुम्दै रहे । बौद्धको एक प्रारम्भिक ग्रन्थ अनुसार त्यो बेला पूर्वी र उत्तर भारतमा १६ राज्य अथवा सीमाक्षेत्र थिए । त्यो बेला कपिलवस्तुमा आफ्नो घर त्यागेपछि, गौतम बुद्धले कहाँ र कति भ्रमण गरे यो पनि पाठकका लागि रुचिको कुरा हुनसक्छ । कपिलवस्तु र शाक्य क्षेत्रको पश्चिमा कोशल राज्य थियो (यो क्षेत्र वर्तमान अयोध्या र वाराणसी शहरको छेउछाउमा थियो), दक्षिणमा मगध राज्य थियो (आजको दक्षिण बिहार), पूर्वमा आदिवासी मल्ल र लिच्छवि क्षेत्र थियो (यो वर्तमान पूर्वी उत्तरप्रदेश र उत्तरी विहारको केही भाग मिलाएर बनेको थियो) र उत्तरमा हिमालय (नेपाल) थियो । कौशलको अगाडि कुरुवंशको राज्य थियो जसमा वर्तमान दिल्ली र मथुराको इलाका पर्थे । यदि हामी यूरोपको स्थिति हेर्छौं भने त्यो बेला यूनान आफ्नो चरमोत्कर्षमा थियो र एथेन्सको भूमिका महङ्खवपूर्ण थियो । नाटककार एशिलस (५२४ देखि ४५६ इसा पूर्व) र कवि पिन्डार (५२२ देखि ४४१ इसा पूर्व) बुद्धका समकालीन थिए । यूनानी दार्शनिक पाइथागोरस (जन्म ५८२ इसा पूर्व) बुद्धभन्दा केही अगाडि थिए । इटालीमा रोम साम्राज्यको स्थापना बुद्ध जन्मनुभन्दा २०० वर्ष पहिला भयो तर उनले लामो बाटो पार गर्नुपरेको थियो । अटलान्टिक पारी ओल्मेक संस्कृति र एन्डियान सभ्यताको विकास त्यो बेला भइरहेको थियो । यूरोपमा इत्रुस्कनको प्रभाव फैलिरहेको थियो र बुद्धको भारतमा यही स्थिति कोशल र मगधको थियो । यीमध्ये धेरै तिथि धेरै सटीक छैन तर यसबाट त्यो बेलाको सभ्यता थाहा पाउन सकिन्छ जसमा बुद्धको जन्म भयो र जस्तो उनको जीवनकाल थियो । यो खासगरी एक रोचक तथ्य हो चार महान् दार्शनिकको जन्म एकै समयमा केही दशकको अन्तरमा भएको थियो र यी चारै जराथुष्ट्र, पाइथागोरस, बुद्ध र कन्फ्यूशियसले मानव सभ्यतामा आफ्नो छाप छोडे । यो संसारबाट युद्ध रोक्न सकिन्छ भन्नेमा सिद्धार्थको विश्वास थियो । उनका अनुसार युद्धले कहिल्यै कुनै समस्याको हल हुँदैन भन्ने थियो । जीत हारपछि यो समस्या सुल्झिएको हो कि भन्ने भ्रम पर्न सक्छ तर सिद्धार्थका अनुसार त्यो युद्धले फेरि अर्को युद्धको तयारी गराउँछ किनकि हार्नेले अपमान र आर्थिक दवावको कारणले अर्को युद्धको तयारी गर्नु बाध्यतः सृजना हुन जान्छ । उनको मतमा परस्पर एक अर्काको नाश गर्नुमा बुद्धिमानी छैन । शाक्य र कोलियको युद्ध हुन लाग्दा उनले बडो बुद्धिमताले काम लिएका थिए । भनेका थिए, झगडा शाक्यका मानिसले शुरु गरेका थिए यसैले गल्ती पनि शाक्यको नै हो । सेनापतिको भनाइ थियो जबसम्म कोलियलाई कडा दण्ड दिइँदैन तबसम्म यो कुरा यही समाप्त हँुदैन । सेनापतिको तर्क थियो ब्राह्मणको धर्म यज्ञ गर्नु, क्षत्रियको धर्म युद्ध गर्नु, वैश्यको धर्म व्यापार गर्नु र शूद्रको धर्म सेवा गर्नु हो सबैले आआफ्नो धर्म निर्वाह गर्नुमा नै पुण्य छ । तब सिद्धार्थले भने, “मेरो विचारमा धर्म भनेको दुश्मनीबाट दुश्मनी कहिल्यै शान्त हुँदैन भन्ने कुरा हृदयंगम गर्नुमा छ । त्यो केवल अबैरबाट शान्त हुन्छ । आगोले आगो निभ्न सक्दैन, त्यो पानीले निभ्न सक्छ । झगडा, झगडाले होइन आपसी कुराकानीबाट सुल्झन सक्छ ।” बुद्धको विचारमा युद्ध कुनै पनि समस्याको समाधान होइन । बुद्धको धर्म नै करुणाको धर्म हो । बुद्धको राजनीतिप्रति कुनै वितृष्णाको भाव थिएन । यस क्षेत्रमा उनले प्रज्ञावानको उपस्थिति चाहेका थिए । उनका अनुसार जब राजनीतिज्ञ पर्याप्त प्रज्ञासम्पन्न र प्रेमभावयुक्त हुनेछन् तब उसले निर्धनता, कष्ट र उत्पीडन विषयक सत्य स्थिति बुझ्न सक्नेछ । यस्तो मानिस शासन व्यवस्थामा यस्तो सुधार गर्न सक्छ जसबाट धनी र गरीबको खाडल कम हुन सकोस् र अन्य मानिससँग बल प्रयोगको आवश्यकता नै समाप्त होस् । बुद्धका अनुसार राजनीतिज्ञ र शासकले स्वयं एक उदाहरण बन्नुपर्छ । विलासितापूर्ण जीवन जिउने राजनीतिज्ञलाई बुद्ध जनताको शत्रु ठान्थे । । र, बुद्धको विचारमा राजनीतिज्ञ भनेका समाजसेवी हुन् उनीहरुले कहिल्यै धनवान हुने लालच पाल्नु हुँदैन । किनकि धन नै राजनीतिज्ञ र प्रजाको बीचको सर्वाधिक ठूलो बाधा हो । सादा र सर्वांग जीवन जिउनुपर्छ, आफ्नो समय मानिसको सेवामा लगाउनुपर्छ, भोगविलासमा होइन । राम्रो उदाहरण प्रस्तुत नगर्ने नेताले मानिसको प्रेम र सम्मान आर्जित गर्न सक्दैन भन्ने उनको मत थियो । सदाशयताको शासन कानून र व्यवस्थाको नियमभन्दा सर्वथा भिन्न हुन्छ । सदाशयताको शासन दण्डमा आधारित हुँदैन । चेतना जागृतिको मार्ग अनुसार साँचो प्रसन्नता या आनन्द सदाशयता अथवा दयाभावमा नै प्राप्त गर्न सकिन्छ । बुद्ध छुवाछुत प्रथाको घोर विरोधी थिए । बुद्धका अनुसार कोही पनि मानिस जन्मको आधारमा शुद्र हुने नभएर कर्मको आधारमा हुन्छ भन्ने थियो । जन्मको आधारमा सामाजिक विशेषाधिकार र सत्यको ज्ञानको दावा मान्न अस्वीकार गरेका थिए बुद्धले । ब्राह्मणसँग उनले भनेः ‘मनुष्य आफ्नो कर्मद्वारा शूद्र बन्छ र आफ्नो कर्मबाटै ब्राह्मण हुन्छ । (कम्मणा भवति बाम्मणो) ब्राह्मणद्वारा प्रज्वलित र शूद्रद्वारा प्रज्वलित अग्निको ज्योति, चमक र गर्मी एक समान हुन्छ । विश्वसँगको तपाईंको पृथक्ताले तपाईंलाई कुन हालतमा पु¥याइदिएको छ ? जीविका आर्जित गर्नका लागि तपाईं बजार जानुहुन्छ तब एउटा शूद्रबाट प्राप्त भएको मुद्रा पनि तपाईंका लागि मूल्यवान हुन्छ । तपाईंको यो अस्पृश्यतालाई केवल लूटको नाम दिन सकिन्छ र तपाईंको पवित्र चिन्ह प्रवञ्चनाको साधन मात्र हो ।’ बुद्धले प्रजातान्त्रिक मूल्य र मान्यतालाई धेरै महङ्खव दिए । विभिन्न राज्यका राजा र शासनका अधिकारीलाई उनले सल्लाह दिए, कामकाज निश्चित कानून र नियम अनुसार चल्नुपर्छ र यदि नियम र कानून बदल्ने हो भने जनप्रतिनिधि सभा (जस्तो आज संसद् छ, विधानसभा छ) त्यसमा बहस गरेर त्यहाँ मञ्जूर हुनुपर्छ । उनको विचारमा राज्यको विभिन्न विभागमा बराबर तालमेल हुनुपर्छ र परस्पर अविश्वासको स्थिति रहनु हुँदैन । अपराध सजाय गरेर या अपराधीलाई जेलमा राखेर कम हुन सक्दैन । उनका अनुसार चोरी हिंसा, घृणा, निर्दयता जस्ता अपराध र अनैतिक कार्यको कारण गरीबी हो । यी अपराधलाई सजाय दिएर रोक्न सकिंदैन । बुद्धले परम्परामा अनावश्यक आक्रमण गरेनन् । यो बाहेक उनले तीसम्म आफ्नो शिक्षा पु¥याउने प्रयास गरे र यस्तो विशेष आदर प्राप्त परम्पराबाट आफ्नो शिक्षा पुष्ट गर्ने जतन गरे जुन उनको आधारभूत सिद्धान्तसँग बाझ्दैनथ्यो । उनको शिक्षामा केही पनि अमूर्त थिएन । उनले कहिल्यै विद्यमान यथार्थका अगाडि रहस्यवादी आदर्श र पारलौकिक जीवनलाई महङ्खव दिएनन् । उनले चमत्कार देखाएर मानिसलाई प्रभाव पार्ने कुराको सदा विरोध गरे । उनले विद्यमान क्षणमा समस्त विद्यमान वस्तु र स्थितिको यथार्थतामा जोड दिए । किनकि उनको क्रियाकलाप र विचारको सम्बन्ध धेरैजसो जीवनको हालतसँग थियो यसैले दैनिक जीवनबाटै उनले आफ्नो प्रवचन र कथाको सामग्री लिए जसका लागि उनले सरल विम्ब र उपमाको उपयोग गरे । उनी कसैलाई उपदेश दिँदा उसको मनोविज्ञान बुझेर मात्र दिने गर्थे । मानिसको बुभ्mन सक्ने क्षमता हेरेर उसलाई बुझाउने गर्थे । वास्तवमा बुद्ध एक मनोवैज्ञानिक पनि थिए । उनको धम्म सिकाउने विधि धेरै सरल र अनौठो थियो । बुद्ध धर्म एक मनोवैज्ञानिक धर्म पनि हो । यो विश्वमा बुद्ध नै त्यस्ता गुरु हुन् जसको जीवन कालमा नै अनेकानेक मानिसले बुद्धत्व प्राप्त गरे । बुद्धले आप्mनो जीवनकालमा जति मानिसलाई बुद्धत्व दिलाए त्यो आश्चर्यलाग्ने किसिमको मानेका छन् बुद्ध धर्ममा अनुसन्धान गर्नेहरुले । गौतम बुद्ध एक यायावर थिए । घुमीघुमी आप्mनो धर्मको प्रचार गर्ने संभवतः उनी विश्वकै पहिलो गुरु हुन् । उनी बारम्बार कौशल र त्यहाँको राजधानी श्रावस्ती (सावत्थी) गए । यो नगर उनको जीवनको अन्तिम चरणमा उनको मुख्यालय जस्तै भएको थियो । बुद्धले आफ्नो पहिलो उपदेश सारनाथमा दिए यो बनारसको नजिक थियो । कोशल राज्यको भाग थियो । सम्भव छ बुद्ध पश्चिम र उत्तर दिशामा त्योभन्दा अगाडि गएनन् होला । किनकि उनी कोशल कटेर गएको कुनै प्रमाण फेला पर्दैन । दक्षिणमा बुद्धले मगधको व्यापक भ्रमण गरे । र राजगृह र गयासम्म गए जुन गंगा नदीको दक्षिणतिर थियो । मगधका राजा, बिम्बिसारको व्यवहार उनीसँग मैत्रीपूर्ण थियो । प्राप्त जानकारी अनुसार बुद्ध लिच्छवि देशका वैशाली नगर र मल्लको इलाकामा कुशीनगर र पावासम्म गए । दूरीको अनुमान गर्ने हो भने कपिलवस्तु र गयाको बीच २१० माइल (३४० किलोमिटर) र कोशल तथा वैशालीको बीच अनुमानतः २५५ माइल (४१० किलोमिटर) को दूरी थियो । यो दूरी वायुमार्ग या पक्षीमार्गद्वारा थियो । सडकबाट यो दूरी, धेरै थियो होला । गौतम बुद्धलाई हामीले अलौकिक बनाउने कोसिस गर्नु हुँदैन । उनले त्यस बेलामा पनि सार्वभौम मान्यता पाएका थिएनन् । उनको निन्दा मात्र भएको थिएन बरु बुद्धत्व प्राप्ति पछि पनि उनको जीवनमा अनेक प्रकारका बाधाका संकेत पाइन्छन्, धेरै पटक उनको हत्याको प्रयास समेत भएको थियो जसबाट उनले एक साँचो योद्धा भई संघर्ष गर्दै स्वयंलाई लौह समान बनाए । परिणाम उनको उपलब्धिको महङ्खवमा बृद्धि भयो । बुद्धलाई अलौकिक मानेर परको कुरा बनाउनुको साटो कठोर परिश्रमबाट माथि उठेको विकसित आत्माको रुपमा बुभ्mयौं भने हामीले जीवनमा ठूलो प्रेरणा समेत पाउनेछौं । जस्तो छिमेकी शासकको प्रतिशोधको भावनाको कारण बुद्धको वंश र गृहप्रदेशको निर्मम अन्त भएको थियो । परम्पराले भन्छ जब बुद्धको गृहप्रदेशमा आक्रमण भयो तब उनी आफ्ना प्रिय शिष्य आनन्दको साथमा नगरभन्दा पर थिए । तब उनको टाउको दुख्यो, उनी धर्तीमा सुते र आफ्नो एक मात्र दर्शकसँग आफ्नो हृदयमा आएको दुःख लुकाउनका लागि उनले आफूलाई वस्त्रले ढाके । उनी पूर्णरुपमा मानवीय थिए । एक संवेदनशील आत्मा । कति मानिसको मत छ बुद्ध कहिल्यै हाँसेनन् तर बुद्ध सानैदेखि निकै राम्रो बाँसुरी वादक थिए । बुद्ध शारीरिक व्याधिबाट मुक्त थिएनन् । उनको ढाड धेरै दुख्ने कुरा उनले उल्लेख गरेका छन् उनको मृत्यु पनि विषाक्त खानाका कारणले भएको थियो । यी तमाम तथ्यले उनलाई धेरै मानवीय रुपमा प्रस्तुत गर्छन् र हामीलाई त्यसको नजिक गराउँछन् । र, बुद्धलाई हामीले मानवकै रुपमा बुझेर उनलाई गुरुको रुपमा मानेर अघि बढ्यौं भने मात्र हामीले पनि जीवनमा सार्थक परिणाम पाउन सक्छौं । बुद्ध शब्दको कुनै नाम छैन बरु मनको त्यो अवस्था हो जब त्यो विकासको शीर्षमा पुगिसकेको हुन्छ, शब्दशः यसको अर्थ हो त्यो जसले बोध प्राप्त गरिसकेको छ या त्यो जो पूर्ण ज्ञानी र बुद्धिमान छ । बुद्धको जीवनकाल ८० वर्षको रह्यो । ३५ वर्षको उमेरमा उनले बुद्धत्व प्राप्त गरे र उनी सम्यक्् सम्बुद्ध बने । त्यसपछि ४५ वर्षसम्म अनन्त करुणा र मैत्रीका साथ मानिसमाथि अनुकम्पा गरेर त्यो बेलाको जनभाषा पालिमा धम्म सिकाउँदै रहे । चौध भाषाको जानकार हुँदा हुँदै पनि उनले स्थानीय पालि भाषालाई प्रयोगमा ल्याएका थिए । यो पुस्तक बुद्धको बारेमा बुभ्mन चाहनेहरुको लागि अति नै उपयोगी हुने छ किनकि बुद्धको बारेमा यति विस्तृत रुपमा लेखिएको पुस्तक नेपाली भाषामा दोस्रो छैन । यस पुस्तकमा बुद्धको जीवनका प्रायः घटना र उनको दर्शनलाई राम्रोसँगले समेटिएको छ । बुद्ध र बौद्ध दर्शन बुझाउनमा यो पुस्तक सहयोगी होला भन्नेमा विश्वस्त छु ।