प्रयोगकर्ता:Devendra Thumkeli/प्रयोगस्थल

सीमा शर्मा शाह
जन्मसन् १९६६
भारतको वनारसस्थित सिद्धेश्वर गल्ली
राष्ट्रियतानेपाल नेपाली
शिक्षाविद्यावारिधि
पेशाप्रिन्टिङ मेकिङ छापाचित्र
चिनारीको कारणछापाचित्र
गृहनगरडल्लु आवास काठमाडौं, नेपाल
जीवनसाथीउमाशंकर शाह


डा.सीमा शर्मा शाह नेपाली ललितकला क्षेत्रमा परिचित नाम हो । समसामयिक नेपाली चित्रकलामा डा. शर्माले आफ्नै शैली र सीपमा कला रचना गर्दै आएकी छन् । नेपालमा कला विषयमा पिएचडी गर्ने कलाकारका रूपमा परिचित डा. शर्मा छापाचित्रणमा दख्खल राख्छिन् । उनले बनाएका छापाचित्रणमा नेपाली संस्कृति र सम्पदाको इतिहासलाई उतारेका पाइन्छ । सन् १९९० को दशकदेखि शर्माका कलामा नेपाली संस्कृति र सम्पदाको प्रयोग बिम्बात्मकरूपमा भएको पाइन्छ । जुन समसामयिक नेपाली कलामा मूलधारका रूपमा स्थापित हुन पुग्यो ।[] उनको जन्म सन् १९६६ मा भारतको वनारसस्थित सिद्धेश्वर गल्लीमा भएको हो । बुबा ओमप्रकाश शर्मा र आमा कुशुम शर्माका सुपुत्री डा. शर्मा सानैदेखि कलामा रुचि राख्थिन्। सन् १९९५ मा मधेश प्रदेश जनकपुर निवासी कलाकार उमाशंकर शाहसँग विवाह भयो । वनारसका साडी व्यापारीकी छोरी सीमा र जनकपुरका उमाशंकर शाह एउटै कलेजका सहपाठी थिए ।

सानैदेखि कलामा गहिरो अभिरुचि राख्ने डा। शर्माले बिएफए चित्रकलामा सन् १९८८ (२०४५ साल) मा वनारस हिन्दू विश्वविद्यालयबाट गरिन् । सोही विश्वविद्यालयबाट प्रिन्टिङ मेकिङ विषयमा गोल्ड मेडलसहित ०४७ सालमा एमएफए सकिन् । उनले सन् १९९८ (०५५ साल) मा सोही विश्वविद्यालयबाट प्रिन्टिङ मेकिङ (छापाचित्र) मा विद्यावारिधि गरिन् ।

डा.शर्माले सन १९९० मा एमएफएको अध्ययन सकेपछि वनारस हिन्दू विश्वविद्यालयमा तीन वर्ष जति अध्यापन कार्यमा लागिन् । विवाहपछि उनी काठमाडौं आइन् । उनका पति उमाशंकर पनि कलाकारितामै सक्रिय भएकाले कलायात्रालाई सहज ढंगले अगाडि बढाइन् । काठमाडौं आएको केही समयपछि दुवैजनाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस भोटाहिटीमा चित्रकला विषयको अध्यापनमा सक्रिय भइन् ।


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्