स्वतन्त्र फिल्म सम्पादक/मेकर बल राम प्याकुरेल (लव प्याकुरेलको रूपमा परिचित) नेपाली वृत्तचित्र फिल्म संसारमा एक प्रचलित नाम हो । विगत २५ बर्षमा, उहाँले सयभन्दा बढी वृत्तचित्र फिल्म, कथानक चलचित्र, लघु चलचित्र, टिभी विज्ञापन, टिभी टकशो/कार्यक्रमआदिमा सम्पादक, निर्माण, निर्देशक र अवधारणा लेखन/निर्माणका रुपमा उल्लेखनीय कामहरु गर्नुभएको छ । उहाँले अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक र विकास साझेदारहरु र/वा संगठनहरु, सार्वजनिक र सरकारी निकायहरू, स्वतन्त्र फिल्म निर्माण कम्पनीहरु, टिभी स्टेशनहरुआदिका लागि एक फिल्म सम्पादकका रुपमा महत्वपूर्ण भूमिका प्रदर्शन गर्नुभएको छ । उहाँको सम्पादन कला, सीप र क्षमता विशेषगरी नेपाली वृत्तचित्र फिल्म क्षेत्रमा सर्हानीय र प्रसंशनीय छ । उहाँ विषयवस्तुको गहिरो विष्लेषण, नयाँ शैली/संरचनामा कथा, पात्र र प्रस्तुतिकरण दिने, दृश्य संग्रहको अध्ययन र मूल्याङ्कन गर्नसक्ने र आधुनिक प्रविधि र सफ्टवेयर अनुप्रयोगमा सिद्धहस्त हुनुहुन्छ । उहाँ सँधै उच्चतम गुणस्तरीय श्रव्यदृश्य उत्पादनमा जोड दिनुहुन्छ ।