अस्वीकृत साहित्य आन्दोलन (अस्वीकृत बिचार साहित्य आन्दोलन)

यो २०२६ सालमा अस्वीकृत जमात अन्तर्गत रहेका युवा साहित्यकारहरू दवारा सुरु गरिएको साहित्यिक आन्दोलन हो . कविताराम श्रेष्ठ र नेपाल भूषणद्वारा संजीवनी पत्रिका मार्फत घोषणा गरिएको यो आन्दोलनमा कविताराम श्रेष्ठ र नेपाल भूषणसहित शैलेन्द्र साकार, पुष्कर लोहनी, प्रेमनारायण प्रेमी, प्रकाश प्रेमी, साबि ठाकुर, जगत रंजन, बआ कनकद्वीप इन्द्र राजभण्डारी, अन्जीर प्रधान पीडित अग्रणी थिए.

राजनीतिक सामाजिक साँस्कृतिक आर्थिक भौगोलिक साम्प्रदायिक धार्मिक लैंगिक रुपले हराइएका थिचिएका मिचिएका बिर्सिएका शासित छाँयामा परिएका, शोषित दलित, सबैसबै अस्वीकृतहरुको यो साझा अभियान को रूपमा घोषित थियो । यसलाई कविताराम श्रेष्ठ ले निरन्तरित गर्दै आएको छ. यसै आन्दोलनअन्तरगत केही अरू निम्न अनुष्ठानहरू पनि स्थापित गरिएका छन् :

क. अस्वीकृत बिचार साहित्य पुरस्कार ख. कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान ग. मनमाया सुनौलो स्मृति नेपाली साँस्कृतिक प्रवर्धन अनुष्ठान घ. अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रवर्धन संजाल ङ. नन्द जनजाति छात्रछात्रा उत्थान कोष

डा कविताराम श्रेष्ठ को घोषणा : "म अब संपूर्ण आशक्ति र अनाशक्तिहरुबाट मुक्त छु । मृत्यु मुक्तिको त्यो सम्मानित स्थितिबाट मैले तर्सनु छैन । तर्सेर कुनैपनि भ्रममा आफूलाई हराउनु छैन । हराएर फेरि बाँच्ने लोभमा त्यो शाषित त्थो शाषित बाँच्दिन । सँस्कार - त्यो पिडाबाट कुजियन्न । स्वीकृति- त्यो रण्डी मरण मर्दिन । पलाइन- त्यो बाउन्नी कुण्ठा बाँच्दिन । आत्महत्या नै सही समस्त पीडाहरु बिरुद्ध म सुसंगठित कीरा लाग्ने छु । विशालु नंग्राहरु भम्टने छु । आफ्नो अस्तित्व म आफैसँग खोच्छु । अरुसँग माग्दिन । म अब प्रस्तुत छु आफ्ना स्वाभाविक मूल्यहरुका जगमा निरंकुश त्यो मूल्य त्यो पीडा विरद्ध । खबरदार ! मैले आफ्नो अभियान शुरु गरिसकेँ । मेरो कथा अब शुरू हुन्छ"