Binod khanal Nepal
म प्रेमको कुन यात्रा गर्दैछु Nepali poem collection
चुडिएको चङ्गामा अल्झिएर
किन बतासिदै छ यो मन ?
फ्याकिएको अश्रु ग्याससरि
किन फैलिदै छ यो मन ?
के यसको कुनै अाकार छैन ?
सिमाना छैन ?
नि:स्पृह यो मुद्रामा पनि
प्रलोवनमा परेर
ज्यादती गरेर
किन दिदैछ बैनामा डेरा ?
निरपेक्ष तृणसरि
किन फैलिदैछ अनुराग ?
अाफै अतृप्त यो अस्तित्वमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
नास्तिशीतोष्म यो मन पनि
चित्तचोरकै अासपास
शिल्पगत लहसिन पुग्दछ
प्रणयको चिताभूमिमा
नवोदित चीत्कार निकाल्दछ
यो सेतुपुर्ण स्थलमा पनि
खुल्ला पर्खाल वारपार भएर
चक्षुले विश्वयुद्ध गर्दछ
अाखिर के भैरहेछ ?
लाग्छ ,म तिमीलाई प्रेम गर्छु
तर तिमी गर्दिनौ
लाग्छ ,कतै तिमी प्रेम गर्छेऊ
तर म गर्दैन
यो भुलभुलैयाको सागरमा डुबुल्की मार्दै
भावनाहरु लगन कस्दैछन्
भमराहरु भ्रामक मृगतृष्णाले गर्दा
सुसे पातमा बस्दैछन्
स्व कन्फ्यूजनमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
अास्राका स-साना बिज छर्दै
छिद्रयुक्त सिस भर्दै
म हेर्छु तिमी मोड्छौ
म मोड्छु तिमी हेर्छौ
मानौँ, हामी मोडै मोडमा छौँ
मोडमय जात्रा मनाउदै छौँ
यो नाटकिय जीवनले
जे पाउँदैन,
त्यस्कै लोभ गर्दोरहेछ
जे असम्भाव्य,
त्यसलाई अाफ्नो ठान्दोरहेछ
कति कन्जुस छ है मन ?
न भन्न खोज्ने
न छोड्न सक्ने
अावाजै नसुनी खैँ किन?
मनोअावाज बुझ्न खोज्ने
ए वैध्यहरु
होमियोप्याथी गरिदेउ मनलाई
मारिदेउ प्रणयका किटाणुहरु
ए जर्नलिस्ट
लामो सम्पर्क विहिन सम्बन्ध
बताइदेउ किन लाग्छे अयोग्या
अाखिर दोभानमा अडेर
म प्रेमको कुन यात्रा गर्दैछु ।।
" कवि विनोद खनालद्वारा रचित"
कारवाही गरियोस
सरकार-कारवाही गरियोस
यदि मानवताको हिसावले
स्वतन्त्र बाच्न पाउने भए
उन्लाई ठुलै कारवाही गरियोस ।।
गुलाफको पत्रपत्रमा
बुर्कुसी मार्दै उफ्रिरहने मन
अाज त्यही पुरानो
सुगन्धमा रमाउन छाडिसक्यो
बादलमा तुइनमा झैं झुन्डिएर
लुकामारी खेल्ने सपना
उनले रावणले
सिता हरेझै हरेर गइन्
माया प्रेम नपुग्नेलाई
यसकै ठुलो रोगी बनाएर
राजनिती गरिन बेजोडले र
म भित्रको मैलाई मारिन्
जिवित गरिन नयाँ उर्जासहित ।।
मलाई मिठामिठा बातहरु र
प्रेममय यात्रा
न्यायाधीश ज्यू, मनै पर्दैन
मलाई त मेरै पुरानो जीवनशैली
प्राणभन्दा प्यारो छ
जहाँ,
अाफु नै अाफ्नो
अाफ्नो नै अाफु
न रोक्ने थियो
न टोक्ने थियो
पुरै स्वतन्त्र हावा झैँ ।।
न्यायाधीश ज्यू, मलाई मेरो
पुरानो
निद फिर्ता दिनुहोस्
चैन फिर्ता दिनुहोस्
मन फिर्ता दिनुहोस्
पुरै जीवननै फिर्ता दिनुहोस्
यदि कानुन अन्धो छैन भने
बरू लगाउनुहोस्
धारा
उपधारा
मलाई इन्साफ उन्लाई
कडाभन्दा कडा कारवाही गरियोस् ।।
श्रीमान
म तिम्रै श्री
म तिम्रै मान
श्री र मानको मेल भएझैँ
लगनगाँठो केसर
गासिएको थियो सम्बन्ध
गरिएका थिए वाचा
समाहित गरेका थियौँ जिन्दगी
अर्धाङ्गिनी , म भन्नै सक्दिन
निर्विकार बन्धनमा छु ।।
स्वर्ण सपना सर्वस्व त्यागी
नवशिशुझै गृहस्थी बनेर
नविन जीवन सुरुवात गर्न
सिन्दुर, चुरा र पोतेको आडमा
सहयात्रामा समाहित भएकि थियौ,
सम्पुर्ण स्निग्ध वैभव
निसङ्कोच समर्पण गरेकी थियौ ।।
ए कान्तसेवी
तिम्रो पदचापमा पदचाप
क्रमवदॄ मिलाउन सकूँ,
मृतुता मन टुक्रिँदा
भूतस्वरूपमा सिलाउन सकूँ,
प्रत्येक दिन तिमीमा
नवसुहागिनी अनुभव गर्न सकूँ,
निरपेक्षी मनोभावले
आजिवन त्राता बन्न सकूँ
सयौँ जन्म अर्धाङ्गिनी भन्न सकूँ ।
अर्धाङ्गिनी, जीवनको कुनै मोडमा
भय अङ्गाली
उग्र असहनशील यात्रामा
समाजविरूदॄ निस्कन नपरोस,
निराधार बन्न नपरोस,
तिम्लाई त हरक्षण
सिन्दुर पोते ती चिनारीहरूमा
समाधिभित्र खोज्दापनि
छविसरह देख्न पाऊ ,
मनोआवाजसरह सुन्न पाऊ,
तिमीलाई हरपल
बाग्दतां श्रीङ्गारमा भेट्न पाऊ
कथ्कदाचित दैवको कु–दृष्टिले
अनपेक्षित तिमीबाट टाढा भए
मेरो उपहारस्वरूप
पहिरिनु आजिवन ती चिनारीहरू ।।
भो नलेख प्रियसी
स्वार्थी यो संसारका बासिन्दालाई
तिमी र म
सायद मन पर्दैनौ
त्यसैले, हाम्रो सम्बन्धको
अतृप्त इतिहास
भो नलेख प्रियसी ।
जे हुनु विगतमै भयो
त्यो भेडिगोठको भेट
त्यो लज्जापूर्ण बातचितलाई
धेरै उजागर नगर
शिलेट ढुङ्गामा लेखेर प्रकटेको
हृदयी प्रेम प्रस्ताव
गलबन्दिले छोपेर दिएको
जीवनकै पहिलो बिशाल तोफा
जो सानै भएपनि
महिमा सर्वश्रेष्ठ थियो ।
लुकीछिपी रातका अनगिन्ती डेटहरु
एकअर्काका गहिरा बाचाहरु
भविष्यका सन्ततिका नामहरु
भयो पर्दाफास नगर
सुमन, राजु र राधिकाले देखेको
जीजनकै पहिलो चुम्बन
लुकेर नोराबी चरनमा गरेको
सानो अपर्-दर्शित बिहे
जसले जीवनको उमङ्ग दर्शायो ।
हाम्रो फुलखेल्दो जवानीको फुल
फक्रन नपाउदै अैलाउन बाध्य भयो
यो संसारले
एक हुन दिएन
जात, भात गरिबी यावत्
अनेकन् कमजोरी खोज्यो
त्यसकै अाडमा
हामीलाई दुईतिर बनायो
दुई दिलको घनिष्ट समागमलाई
जवर्जस्ति टुक्राटुक्रा बनायो
तनमन साटासाट गरेको प्रेमलाई
हाँस्यास्पद कुरा बनायो
तिमी अझ यो समाजको
यो संसारको अघि
हाम्रो अावरित प्रेमको स्मृति
पंक्तिबद्ध अनावरित गर्न चाहान्छौ?
हाम्रा बिछोडका अर्तनाद
एक-एक सुनाउन चाहान्छौ ?
यो समाजले भोलि फेरि
हामीलाई गिज्याउने छ
बाटोमा हिड्दा कठ्ठै भन्दै
उल्टै कुरा काट्ने छ
त्यसैले, हाम्रो प्रेमको अतृप्त इतिहास
भो नलेख प्रियसी ।।
#रचनाकार _बिनोद_खनाल
प्रस्तुत नेपाली कविता सङ्ग्रह प्रसिद्ध गितकार, कविवर तथा पटकथा लेखक बिनोद खनालका हुन् । यदि सहयोग आवश्यक परेमा सम्पर्क bkhanal530@gmail.com