अधुरो प्रेम कहानी :✍️बसन्ता पोख्रेल

                 धुर्कोट १नयाँगाउँ ,गुल्मी 

__END_OF_PART__IMG_20211212_23250841_gallery.jpg__END_OF_PART__


विद्यार्थी जीवन भर्खर 23,24 वर्षको थिए  म, क्यम्पस पढ्ने एक जवान केटो।मन् चन्चले अनि काधमा जिम्मेवारी बोकेको घरको जेठो सन्तान थिए।पढाइमा पनि राम्रै थिए।खासै केटी संग क्लोज हुँदैन थिए। केटी साथीहरु क्याम्पसमा धेरै थिए,फेसबूक ,मेसेन्जर भर्खर खोलेको थिए।त्यो बेला हातमा नयाँ स्मार्ट फोन  थियो अलिअलि केटी हरू सँग च्याट गर्ने , जिस्कनी बानी, म पनि  बोल्थे एक दिन भने ,कुरा गर्दै जाँदा सँगै अध्ययन गर्ने साथीको बहिनी परेकी  रहेछिन् ,तर मलाई थाहा थिएन ।,एक दुई दिन कुरा हुँदै गएको थियो मैले उसलाई अनि उसले मलाई भने प्रत्यक्ष रूपमा देखेका चिनेका थिएनौं,कुनै कमेटमा हाम्रो रिप्लाई भएको थियो अनि फ्रेन्ड रिक्वेस्ट उनी देखि आएको थियो ,हामी दुबैको मन त्यही कमेट ले छोएको थियो,अझ चिनजान भएको थिएन त्यसैले होला मलाई उनी अनि उनीलाई मेरो बारे जान्न धेरै नै  मन् लाग्ने गर्दथ्यो । जब म  अनलाइनमा आउँथे सुरुमै अनलाइन च्याटमा उनिका म्यासेज हेर्न पढ्न मेरो मन् आतुर हुने गर्दथ्यो,उनी पनि मेरै पर्खाइ मा रहन्थिन् ,मेरो गाउँले जीवन घरको काम ,बिहानी क्लास क्यम्पसको  थियो ।अनि दिउँस भर काममा व्यस्त हाम्रो च्याट राती खाना खाएपछि हुने गर्दथ्यो,अबेर अनि घण्टौं सम्म ,उनी पनि सायद मैले भन्दा धेरै माया मलाई गर्ने गर्दथिन्,केही समय पछि नं पनि साटासाट भयो,हाम्रो च्याट भन्दा कल बढी हुन थाल्यो,उनी सहरमा बस्ने म गाउँ , म त्यस्तै काका को छोरी को बिहे को लागि काठमाडौं जानु पर्ने भयो ,त्यो कुरा उनलाई बताए ,उनी पनि खुब खुसी हुँदै भेट्ने अनुरोध गरिन्,म काठमाडौं पुँगे,काका की छोरी को बिहेको अर्को दिन म गाउँ फर्कन आँटे ,बीचमा काम परेको ले म बुटवल आएर बस्नु पर्ने थियो,उनी पनि काम ले गर्दा बुटवल आएकी थिइन्।  उनी भने म भन्दा अघिल्लो दिन नै बुटवल आएकी थिन्,अनजान हामी मनको नजिक थियौं,उनले चिया पिउन अनुरोध गरिन् बुटवलमा ,माघ फागुन को महिना चिसो नै थियो,हामी चिया पिउने भन्दा पनि पहिलो भेट,कतिबेला भेट्ने भन्ने खुसी थियौ भने अलिअलि लाज अनि डर लागेको थियो।कल पछि हामी एउटा सानो चिया पसल मा गएर भेट भयौ,लामो कपाल,गोरी केटी,कुर्था सुरुवाल लगाएकि , नङ लामा लामा गरी पालेकी राम्री थिइन् मैले सोचे भन्दा बढी  ,सुरु को भेट म त सोझो केटो कसरी बोल्ने  मन् मा कहुकुती लागेको थियो।

तर सजिलो उनै ले प्रश्न गर्दै गरिन् म उत्तर दिए । उनले भनिन् जिस्कदै जुठो खाने भने माया बढ्छ खानुस् न भन्दै कप साटिन् ,मलाई पनि माया लागेको थियो घिन लाग्ने कुरा भएन ,कुरा गर्दै चिया पिएको समय त घण्टौं भएछ छुट्नु पर्ने वाध्यता भयो। मन् थिएन तर पसलको साहुले के सोच्ने होलान् भन्दै उठेयौं ,अलिक माथि सम्म सँगै आयौ , म पूर्व तिर अनि ऊ पश्चिम लाग्नु पर्ने थियो, उनी मेरो मुखमा हेरेर मनील भइन्, म पनि हेरिरहे ,उनले सोधिन् के भयो के सोच्नु भएको , म हाँस्दै भने तिम्रो हात समाएर आउन मन् थियो।उनि मुस्कुराउँदै होर समातेको भए हुन्थ्यो भन्दै लजाइन्। अनि छुट्टियौं ,भेट पछि माया बढी हुन थाल्यो,रात ,दिन लामो हुन लागेको थियो, केही महिना पछि वैशाख /ज्येष्ठ महिनामा उनी मेरो गाउँ को सानो सहरमा आएको कुरा जानकारी गराइन् ।त्यस दिन म पनि त्यहीं ठाँउ साथी संग बाइक मा गएको थिए, धेरैले मलाई चिनेका अनि धेरै बेर पछिको समय निकालेर एक होटल मा भेट्न उनले बोलाईन्। म साथी संग अनेक बाहाना बनाएर भेट्न गए,त्यहाँ कफी पिउने कुरा गर्यौ। दोस्रो भेट डर लाज भन्दा खुसी थियौ ,करिब दुई घण्टा को कफी गफ संग रमाएका हामी ,बाहिर साँझ परेछ पत्तै पाएनौं,मलाई एक्कासी साथीको कल आएको

थियो,घर जाने हो ढिलो भएन भन्दै।बार बार कल आयो ,यता उनले आज यही बसौ न भन्दै मेरो हात समाएर भनेकी थिन् ।, म के गरु नगरु भन्ने  दोधारमा भए,फेरि बस्ने कुनै योजना थिएन,अरु ले देखें भने के गर्ने होलान् भनेर मलाई चिन्तित बनाएको थियो।अनि उनीलाई म घर जानु पर्ने वाध्यता बताए,उनी मनिल थिन् ।उनलाई मनील मुहार मै त्यहाँ  छोडेर म फर्के ,मालाई पनि उनको न्यास्रो मेटिएको थिएन ,साँझ परेछ घर आए उनको कल आयो ,पुग्नु भयो? म उम भने, उनी केही नबोली ख्याल गर्नु च्याट मा कुरा गरौंला भनेर कल राखिन्,उनले हाम्रो दुई पटक को भेट पछि कुरा सम्बन्ध अनि जिन्दगीको बारेमा गहिरिएर सोच्ने गर्दथ्यौ , तर उनी भने सायद घर परिवार या आफ्नै केही समस्याको कारण होला मालाई समय मा बिहे गर्नु न मलाई भनेर अनुरोध गरेकी थिइन्। म सयौ पटक सोचे मेरै क्लासको साथीको बहिनी ,नजिकको मान्छे ,ब्राहमण अनुसार एउटै गोत्र थियो एकातिर भने अर्को तिर मेरी पनि जागिर थिएन दोधार भए,उनलाई सम्झाए, म कुरा गर्ने भएर होला माया लाग्थ्यो तर उनी बिहे गर्न आतुर थिइन , म मेरो कुरा घरमा भन्न सकिन ,जेठो छोरा तनाव भयो ,गाइड गर्ने साथ दिने कोही थिएन ,त्यसैले म मा बिहे गर्ने आँट आएन ,अनि त्यसैले होला उनी सहर म गाउँ  बिहे गर्न पनि तत्काल नसक्ने अवस्था बताएको थिए उनी भने रिसाएर होला ,त्यस पछि विस्तारै म संग कम बोल्न थालिन् ,सायद भौतिक रूपमा नजिक भएका अरु संग उनको प्रेम भयो अनि बिहे गर्ने कुरा ,,धेरै पछि उनले म कामको सिलसिला मा पोखरा पुगेको थिए,म्यासेज गरेकी थिइन् मैले तपाईं लाई सारै दुःख दिए सताए ,हामी बिच जे भयो एक अर्को को माया को कारण भएको थियो, त्यसलाई बिर्सिएर यी कुरा अरु कसैलाई नभन्नु होला ,सरी भन्दै आएको म्यासेज पढे,आँसु आए ,उनको खुसी म के भन्न सक्थे र, न त बिहे गर्न सक्थे,उनको खुसीमा रमाउनु बाहेक अर्को उपाए थिएन ,छोटो हाम्रो प्रेम सम्बन्ध को केही समय पछि उनको बिहे का फोटो फेसबुकमा पोष्ट गरेका थिए, म दुखी भए पनि उनलाई खुसीको कामना गरे,अरु उपाए थिएन ,मालाई त्यस दिन पछि हर कोही संग प्रेम गर्न मन् लागेन , र अहिले सम्म उनैको याद र ती मीठा पल सम्झदै बस्दै गर्ने निर्णय गरिरहे ,कालान्तर सम्म ,मेरो अपुरो अधुरो प्रेम कहानी  ले जिन्दगीमा ल्याएको परिवर्तन ले धेरै कुरा   सिक्ने अवसर पाए अनि अनि महसुस भयो जिन्दगीमा भई सकेको कुरा सम्झेर पागल पन देखाउनु भन्दा त्यो कुरा खाली समय मा सम्झेर मुस्कुराउनु बेस हुन्छ ,।