Template:Featured article is only for Wikipedia:Featured articles. कवि मनाेज भण्डारी


नेपाली कविताकाशका स्वच्छन्द कवि मनोज भण्डारी समसामयिक कविताधारका एक शरद ज्योत्स्ना हुन् । वि.सं. २०५३ सालमा चितवन जिल्लामा पिता लोकनाथ र माता तुलसी भण्डारीका तीन सन्तानमध्ये कान्छा छोराका रूपमा जन्मिएका कवि भण्डारी वर्तमान नेपाली शास्त्रीय छन्द कविताका नेतृत्वकर्ताकै रूपमा ख्यातिप्राप्त छन् ।

श्री परमानन्द गुरुकुलम् देवघाटबाट वि.सं. २०६४ सालबाट गुरुकुलीय मर्यादामा रही विद्यालयीय शिक्षा पूरा गरेका कवि भण्डारीले पूर्वीय वाङ्मय वेद,पाणिनीय संस्कृत व्याकरण, साहित्य,कर्मकाण्ड र ज्योतिषको अध्ययन गरे भने सोही गुरुकुलम्मा नै संस्कृत व्याकरण मूल बिषय बनाई नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा र शास्त्री पनि उत्तीर्ण गरे । तीक्ष्ण बुद्धि भएका भण्डारी विद्यालयमा कहिल्यै दोश्रा भएनन् भने विश्वविद्यालय प्रथम समेत हुँदै गए ।

सम्यक् गुरुकुलीय पाठनपद्धति र ऐतिहासिक धाम देवघाटमा हुने साहित्यिक माहोलले भण्डारीलाई सर्लक्लै छुन सक्यो र उनको मेहनती बानीले उनलाई साहित्यमा डोहोर्यायो । उसो त संस्कृतका धुरन्धर विद्वान् रहेका उनका पिता लोकनाथ भण्डारीमा पनि साहित्यिक चेतनाले उनमा उत्तराधिकारित्व जमायो भन्न पनि सकिन्छ । पारिवारिक साहित्यको प्रभाव र देवघाटको उर्वर माटोले भण्डारीमा किशोरावस्थामै साहित्यको बीजाङ्कुरण गराउन सक्यो ।

छन्दोबद्ध कविता र गजलबाट साहित्यको श्रीगणेश गरेका भण्डारी गद्य साहित्यमा पनि उत्तिकै दखल राख्छन् । कविता गजल र कथा निबन्धादि गद्य साहित्यको त्रिवेणीका रूपमा देवघाटबाट उदाएका कवि भण्डारी समयानुकूल घटना र परिवेशबारे कलम चलाउन सक्ने हैसियत राख्छन् । विद्यालयीय जीवनबाटै विभिन्न साहित्यिक समारोहरूमा संलग्न भई पुरस्कृत हुँदै आएका कवि भण्डारी वर्तमान युवापुस्तामा अतिलोकप्रिय कवि प्रतिभा हुन् ।

२२ बर्षको उमेरमै संपूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट आचार्य तह उत्तीर्ण गरेका कवि भण्डारी हाल भारत सरकारको पूर्ण छात्रवृतिमा विद्यावारिधिका लागि अनुसन्धानरत छन् । प्रविधिको उच्चतम प्रयोग र लोकप्रियतामा खप्पीस कवि भण्डारी संचार र सञ्जालमा सर्वाधिक प्रियपात्र हुन् । ब्राह्मण कुलमा जन्मिएपछि पुर्खाको विरासत र धर्मलाई निभाई लोककल्याण हेतू अग्रसर रहने कवि भण्डारी यज्ञ अनुष्ठान र पुराण वाचनमा पनि उदयीमान विद्वान् हुन् । रचनाको विशिष्टता त छँदैछ उनका कलामा गलाले साथ दिएका सुमधुर आवाज पनि हुन् भण्डारी । भण्डारीको २०७४ सालमा "ईश्वरलाई चिठी" कविता संग्रह प्रकाशित छ ।

टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता, छन्दविधा बारे गोष्ठी, संस्कृत भाषा प्रशिक्षणदेखि व्याकरणिक र नैयायिक दर्शनका शास्त्रार्थसम्म उनले गरिरहेका हुन्छन् । शास्त्रीय लय र यतिबारे कष्ट साधेर गद्यविधामा अल्झिएका युवापुस्तामा छन्दको प्रभाव र विज्ञानिकताका बारे यिनले कयौँ प्रशिक्षण गराई छन्दको पुनरुत्थान गर्ने काम गरेका छन् । यस कार्यले छन्द जनजिब्रोमा बस्न सफल हुने क्रममा छ । स्रग्धरा, मन्दाक्रान्त, वसन्ततिलका र भुजङ्गप्रयात लगायत शास्त्रीय छन्दमा कलम चलाउने कवि भण्डारी विशेषतः शार्दूलविक्रीडित छन्दमा झुकाव राख्छन् ।


छाती पर्वत हो हिमाल शिर हो यी फाँट हुन् पाइला,

माटो जीवन हो दुवै नयन हुन् यी गण्डकीका शिला ।

मेरो प्राण समान छन् प्रिय सदा यी कन्दरा ताल यो,

यै धर्तीसँग गाँसिएछ ममता प्यारो छ नेपाल यो ।।


शार्दूलविक्रीडित छन्दमा रचिएको भण्डारीको या सबैभन्दा लोकप्रिय कवितांश हो । देशप्रेम, सदाचार, सीमा सुरक्षा, आत्मबोध, उत्साहवर्धन यिनका कवितामा पाइने प्रमुख छनकहरू हुन् । सरल र बोधगम्य भाषामा कविता लेख्ने दख्खल राखेका भण्डारीमा कवि शिरोमणि लेखनाथ पौडेल र राष्ट्रकवि माधव घिमिरेको स्वतस्फूर्त प्रभाव पाइन्छ भने सलल बग्ने कवित्वले महाकवि देवकोटाको पुनरवतार पनि मान्न सकिन्छ । विशेषतः माटोमा पसिना बगाएर स्वाभिमानी नेपाली बन्न यिनी आग्रह गरिरहन्छन् । भण्डारी नेपालको सीमा सुरक्षाका बारेमा 'देवनारायण उवाच' जस्ता शान्तरसप्लावित कविता लेखेर वीरताका लागि उत्तेजित बनाउँछन् । मानवता, नैतिक चेतना, प्रेम र विश्वबन्धुत्वको आवाज आलापिरहने कवि भण्डारी नेपाली साहित्यको अभिजित नक्षत्र हुन् ।

कवि भण्डारीका केही प्रितिनिधि गजलका शेरहरू-


मदेखी दूर जानेहो ! छ बिन्ती पर्ख एकैछिन ।

पछ्यौरा हेर यी काँडाहरूमा अल्झिएका छन् ।


गरी रहेछ यत्न यो समुद्रले उचालिँदै ।

पखाल्न दाग चन्द्रको , बनेर पौरखीसरि ।