रिभोसाइन्स विस्तृतमा रिभोसाइन्स विज्ञान, प्रविधि तथा संस्कृतिसँग सम्वन्धि सञ्चार माध्यम हो। यसले मख्य गरी नेपाली वैज्ञानिकले गरेको खोज अनुसन्धान र तिनको विचार प्रस्तुत गर्ने जमर्को गर्दछ ।

रिभोसाइन्स मासिकले नेपाली अनुसन्धानकर्मीको आफ्नो विषयगत दक्षतालाई प्रयोगात्मक विधिद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न मद्दत मिलिको छ । त्यस्तै नेपालको विज्ञानका विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामग्रीको मासिक पत्रिका र रिभोसाइन्सको अनलाइन मार्फत् दैनिक सुसूचित गर्दै आइरहेको छ । यसले नेपालको विद्यालय तहदेखि प्लस टु, स्नातक, स्नातकोत्तरका विद्यार्थीहरुलाई पनि सहयोगी भूमिका खेलेको छ । यसले भविष्यमा प्राकृतिक भू–वनावटको अध्ययन तथा विश्लेषण, प्राकृतिक प्रकोप सम्वन्धी वैज्ञानिक अध्ययन, विभिन्न रोगहरूको सुक्ष्म अध्ययन र रोकथामको उपाय पहिचान, नेपाली वैज्ञानीकहरूको राष्ट्रिय स्तरको सम्मेलन र अन्र्तक्रिया आदि गर्ने लगायतको सेमिनार गर्ने लक्ष्य लिएको छ । त्यसमा सस्कृति भित्रको विज्ञान उजार गर्न लागि पहल हुँदैछ ।

रिभोसाइन्स मासिकको लक्ष्य भनेकै नेपाली स्कुल तहका विद्यार्थीदेखि पीएचडी गर्ने तथा विशेषज्ञलाई एउटै हारमा राखी नेपाल र नेपाली जनताको भविष्यको लागि विज्ञान र संस्कृतिकोे क्षेत्रमा अनुसन्धान गर्ने÷गराउने र देशको आर्थिक तथा भौतिक संवृद्धि गर्ने हुन्छ । यस क्षेत्रसँग सम्वन्धित विदेशमा रहेको नेपाली विद्यार्थी तथा अनुसन्धानकर्मीहरूलाई सेमिनार गर्ने रहेको छ । त्यस कार्यक्रम त्यस लक्ष्य प्राप्तीलाई सहयोगी हुने देखिन्छ ।

कुनै पनि प्राणीको विकास भनेको कोसिस र अनेकौ प्रयासबाट सम्भव भएको मानिन्छ । त्यस अवस्थामा प्रविधिसँगै आएको छ । हामी पनि अन्तर्राष्ट्रिय जगतमा पछाडि छैनौं भन्ने कुराको प्रतिनिधित्व रिभोसाइन्स मासिक पत्रिकाले गर्छ ।

संस्थाको उद्देश्यहरू: क. भौतिकशास्त्रलगायत अन्य फिजिकल साइन्समा विभिन्न उद्देश्यमा विद्यार्थीहरूलाई अनुसन्धान गर्न गराउन प्रयत्नशिल रहने । ख. नेपालमा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरी विज्ञानका विद्यार्थीहरूलाई खोज तथा अनुसन्धानमूलक कार्य गर्न वा गराउन प्रयत्नशिल रहने । ग. विज्ञान विषयमा अनुसन्धान गर्न रूचि राख्ने व्यक्तिहरूलाई आवश्यक ज्ञान, शिप, तथा साधन उपलव्ध गराउने । घ. नेपाल भित्र वा वाहिरका विज्ञान सम्वन्धी अनुसन्धान केन्द्र लगायत समान उद्देश्य भएका अन्य संस्थाहरूसँग समन्वय गर्दै अघि वढ्ने । घ. नेपालको प्रचलित नियम कानुनको अधिनमा रही विज्ञान र संस्कृति सम्वन्धीत जनचासो अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय स्तरको सूचना तथा समाचार मुलक श्रव्यदृश्य सामग्रीहरूको नेपाली भाषामा अनुवाद, उत्पादन तथा प्रसारण गर्ने ।

रिभोसाइन्स मासिकको उद्देश्यः १. विज्ञान, प्रविधि तथा संस्कृतिको क्षेत्रमा अनुुसन्धानात्मक लेख प्रकाशन गर्ने । २. उत्कृष्ट विद्यार्थीहरुको प्रोत्साहन स्वरुप प्रचार गर्ने र बौद्धिक व्यत्तित्वको अनुभव पाठक समक्ष लैजाने । ४. नेपालमा भएको रिसर्चको अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञान समाचार, अनुसन्धानका कुरा, भूगोल संस्र्कतिका वैज्ञानिक अध्ययन, प्राकृतिक स्रोतहरुको जानकारी दिन उद्यत रहने ।

उपलब्धिहरु : १. विज्ञान आफै गहन अध्ययनको विषय भएकाले यस मासिकमा समेटिएको विधागत समाचार नेपालको विद्यार्थी र अनुसन्धानको लागि समय सापेक्ष भएको पाइएको छ । २. प्रत्येक अंक एक विशिष्ट व्यत्तित्वको प्रेरणादायी व्यत्तित्व बारेमा जानकारी, कलेजका प्रिन्सिपल, विज्ञान प्रविधिको क्षेत्रमा विशिष्ट व्यत्तित्वसँगको भलाकुसारी गरीरहेको । ३. प्रत्येक महिना नेपालका विज्ञान कलेजको विद्यार्थीहरुको समस्या, उनीहरुले अध्ययन गरेको कलेजका अवस्था, कलेजको । ४. भौतिक पूर्वाधारदेखि लियर कलेजका शिक्षकहरुले पढाउने शैलीजस्ता विषयमा प्रत्येक्ष कुराकानी प्रकाशमा ल्याएको । ५. नेपालको अनुसन्धान थलोका रुपमा चिनिएका विज्ञान प्रयोगशालाको अवस्थालाई उजागर गरेको । ६. विज्ञान, प्रविधि, वातावरण, स्वास्थ्य तथा शिक्षाको विषयमा विभिन्न रिपोटीङ्ग गरिएको छ ।

माथिका आधारमा रिभोसाइन्स मिडियाद्धारा प्रकाशित रिभोसाइन्स मासिक विज्ञान, प्रविधि र संस्कृतिको सूचना सम्वाहक मानिन्छ । सोही आधारमा प्रेस काउन्सिल नेपाल, वितरण संपरीक्षण समितिद्वारा ‘ख’ वर्गमा वर्गीकरण गरेको छ ।

सन्दर्भ सामग्री https://www.revoscience.com/ https://www.revoscience.com/en/about-us/