टुक्का कविताका केही नियमहरू  

१. टुक्का दुई हरफको मात्र, कविताको स्तरीयता, काव्यिक गुण भएकाे तथा अर्थपूर्ण हुनु पर्ने ।                           

२. दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २२ अक्षरसम्म राख्न सकिन्छ ।

३.  दुवै हरफ अन्त्यानुप्रासयुक्त (तुकान्त) हुनुपर्ने ।साथै एक तुकान्तता बाहेक पूर्ण वा आंशिक शब्द पुनरावृत्ति गर्न पाइने छैन । साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।   

४. पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।  

५. टुक्का कविता लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएकाे छ

     (क) छन्द टुक्का

     (ख) साधारण टुक्का