केडी रेम्नीसीङ एक जना साधारण व्यक्ति हुन् । उनी सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकाका निवासी हुन् । आफूलाई कुलुङ समुदायका व्यक्ति भन्न रुचाउने उनी पेशाले सरकारी नोकरी गर्छन् भने कुलङ साहित्य तथा कुलुङ जातिको इतिहासको खोजीमा पनि उनको रुची रहेको छ । उनीद्वारा रचित कुलङ भाषाको कविता संग्रह "सानिवामी नाक्का मान्तुप" प्रकाशित छ भने अनलाइन तथा पत्रपत्रिकामा फूटकर लेखहरु प्रकाशित छन् । उनीद्वारा रचित कुलुङ भाषाको गीत "सानिवामी नाक्का मान्तुप..... " धेरै रुचिएको गीत थियो । उनीद्वारा रचित नेपाली भाषाको गीत पनि रेकर्ड भएका छन् ।

https://www.youtube.com/watch?v=jwnylG1dWvM&t=24s

https://www.youtube.com/watch?v=3k2_rQoIPYk