=== अनन्त पौडेल === जन्म २०१९ साल साउन १३ गते मकवानपुर जिल्लाको भीमफेदी गाविस वडा नं ४ मा भएको हो । उहाँका बुवाको नाम डिल्लीनाथ पौडेल र आमाको नाम हरीप्रियादेवी पौडेल हो । उहाँले स्नातक गर्नुभएको छ । पौडेलले २०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । २०३८ सालमा अनेरास्ववियु मकवानपुरका सचिव, २०४० सालमा जिल्ला अध्यक्ष भएका पौडेल २०४७ सालमा हेटौंडा नगर कमिटीको सचिव हुनुभयो । २०४४ सालमा जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला विकास समिति सदस्य भएका पौडेल २०५४ सालमा नै नेकपा एमाले नारायणी अञ्चल कार्यालय सचिव हुनुभयो । २०५४ देखि २०५९ नेकपा एमालेका जिल्ला सचिव रहेका पौडेल हाल नेकपा एमाले नारायणी अञ्चल सचिव हुनुहुन्छ ।