प्रभाकर राणा सोल्टी होटलका संस्थापक हुन् ।राणाले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेका छन् । विशेष गरी सिप्रदी ट्रेडिङ कम्पनीमार्फत उनले टाटाको गाडी नेपाल ल्याए ।विशेष गरी वित्तीय अवस्था कमजोर रहेका व्यवसायीलाई पनि सिप्रदीमार्फत सहज वातावरण बनाएर गाडी किन्न हौसाए । त्यसकै बलमा टाटा नेपालको एक नम्बरको अटो कम्पनीका रूपमा स्थापित छ । उनकै सोच र मार्गदर्शनमा अघि बढेको कम्पनी वर्षैसाल टाटाको उत्कृष्ट डिलरका रूपमा पुरस्कृत भइरहेको छ । यही कम्पनी देशको सबैभन्दा धेरै कर तिर्ने सूचीमा पनि छ ।

प्रभाकर शमशेर राणा
जन्म(१९३५-१०-२८)अक्टोबर २८, १९३५
सिंहदरबार
मृत्यु२०७६ जेठ १६
न्युयोर्क
पेशाव्यापार
उपाधि
  • सोल्टी होटलका संस्थापक
कार्यकारी समिति सदस्य
जीवनसाथीअमर राणा
सन्तान3
मातापिता
[१]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सूर्य नेपाल सम्पादन गर्नुहोस्

राणाले नै नेपालमा सूर्य नेपाल कम्पनी स्थापना गरेका हुन् । यो कम्पनी पनि अहिले नेपालको ठूला कम्पनीको अग्रस्थानमा छ । नेपालमा सबैभन्दा धेरै आयकर बुझाउने सूचीमा यो कम्पनी पनि पर्छ ।

सम्मान सम्पादन गर्नुहोस्

स्वर्गीय प्रभाकर शमशेर राणाले सुविख्यात त्रिशक्ति पट्ट (२००१), प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (सन् १९९६), गौरवमय सुप्रदीप्त वीरेन्द्र प्रजातन्त्र भाष्कर (२००२) लगायत राष्ट्रिय सम्मान प्राप्त गरेका थिए ।

अन्तर्राष्ट्रिय सम्मान सम्पादन गर्नुहोस्

उनले इटलीको विश्व सांस्कृतिक पुरस्कार (सन् १९८५),अफिसर अफ द मस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस इम्पायर (१९८७) लगायत अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार पाएका थिए ।[२]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

पत्नी : रानी अमर राणा

पुत्र: सिद्धार्थ राणा

बुहारी : निलिमा

छोरी: माया राज्य लक्ष्मी राणा

मृत्यु सम्पादन गर्नुहोस्

प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा उपचारको क्रममा न्युयोर्कमा २०७६ जेठ १६ मा निधन भयो ।

सन्दर्भ सम्पादन गर्नुहोस्