करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ। कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी (अङ्ग्रेजी: Earning Per Share) प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी सेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्वपूर्ण आधार हो । प्रति सेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ। उच्च प्रतिफल दिने कम्पनीको शेयरमा प्राय लगानीकर्ता आकर्षित हुन्छन ।

कम्पनीले गर्ने कुल नाफा भन्दा प्रति शेयर आम्दानी हेरेर लगानी गर्नु बढी लाभदायक हुन्छ।

बढी प्रतिशेयर आम्दानी भएको कम्पनीमा लगानी गर्नु बढी प्रतिफलमुलक हुने गर्छ।

सन्दर्भ सम्पादन गर्नुहोस्