पोल्यान्डको संविधान सभा

पोल्यान्डमा निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधानसभाको निर्वाचनको घोषणा भयो। सन् १९८९मा गोलमेच बैठक भयो। सो बैठकले आंशिक प्रजातान्त्रिक निर्वाचनको व्यवस्था गर्‍यो। संसद्को पुनस्र्थापना भई विभिन्न ऐन, कानुन निर्माण भए। निर्वाचनसम्बन्धी कानुनको निर्माण भयो। सन् १९९१मा राष्ट्रपतिले अर्को प्रजातान्त्रिक निर्वाचनको घोषणा गरे। १९९२मा निर्वाचित संसद्ले काम गर्‍यो। राष्ट्रपतिद्वारा संसद्को विघटन भयो। सन् १९९२मा अन्तरिम संविधानको निर्माण भयो। राष्ट्रपति र कार्यकारिणीका व्यापक अधिकार कटौती भए। १९९३मा पोल्यान्डको संसद् सेनेट र सेजिमको निर्वाचन भएपछि अपि्रल २, १९९७मा संविधान पारित भयो। उक्त संविधानलाई जनमतसंग्रहमा समेत लगी अनुमोदन गर्ने काम भयो।[१]

स्रोत सम्पादन गर्नुहोस्

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११। [dead link]