पेलेफाेन
पेलेफोन एक इजरयली मोबाइल सञ्जाल सञ्चालक हो, र इजरायलमा मोबाइल टेलिफोन सेवाहरू प्रस्ताव गर्ने पहिलो कम्पनी हो । जुन २०१७ का अनुसार, पेलफोनका २.२६ मिलियन प्रयोगकर्ताहरू पुगेका थिए ।[२]
व्यवसाय प्रकार | लिमिटेड कम्पनी |
---|---|
उद्योग | मोबाईल फोन, दूरसञ्चार |
स्थापित | १९८६ |
केन्द्रीय कार्यालय | 33 Yitzhak Rabin Road, Givatayim , |
सेवा क्षेत्र | इजरायल |
मुख्य व्यक्ति | रान गुरोन (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | सिडिएमए वान, सिडिएमए२००० इभी-डिआे, युएमटिएस, डिसी-एचएसपिए+, एलटिइ |
आम्दानी | |
परिचालन आय |
|
| |
मालिक | बेजेक |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्नोभेम्बर १९८३ मा मोटोरोलालाई इजरायलको पहिलो मोबाइल फोन सञ्जाल निर्माण गर्न सम्झौता गरिएको थियो र सम्झौता गरेपछि मोटोरोला र ताडिरान (हाल बेजको स्वामित्वमा) को बीच यो एक संयुक्त उद्यमको रूपमा कम्पनीको स्थापना गरिएको थियो । पेलेफोनले आफ्नो मोबाइल फोन नेटवर्कको मार्च १९८६ मा सञ्चालन सुरू गरेको थियोे ।पेलेफोनको पहिलो टेलिभिजन बिज्ञापन इजरायलका अभिनेता हानन गोल्डब्लट लाई उतारिएको थियो ।
१९९४ मा बेजेकले पेलेफोनको ५०% स्वामित्व हासिल गरेको थियोे र सन् २००३ मा यसको सह मालिक कम्पनी मोटोरोलाबाट कम्पनीको पूर्ण स्वामित्व हासिल गरेको थियोे ।
डिसेम्बर २०११ मा पेलेफोनले "रमी लेभी सञ्चार"को आयोजक नेटवर्क बन्यो । २०१२ को अनुसार, पेलेफोनले बताएअनुसार यसमा ४,५०० कर्मचारी कार्यरत छन्, तथापि कर्मचारी सङ्धका अनुसार कर्मचारीहरूको सङ्ख्या ३,८०० रहेको छ ।
युफोन (एलोन सेलुलर), पेलेफोन नेटवर्कको सदस्य थियोे । यो एक इजरायली कम्पनी एलन ब्लू स्क्वायर इजरायलको एक सहायकको रूपमा स्थापित भएको थियो तर सन् २०१५ बाट यो पेलफोनद्वारा पूर्ण रूपमा स्वामित्व गरिएको छ र पेलेफोन सँग यसको सञ्चालनहरु समायोजन गरिएको छ ।
नेटवर्क
सम्पादन गर्नुहोस्८५०/२१०० मेगाहर्ज ब्यान्डमा एक युएमटिएस नेटवर्क सन् २००९ को सुरुवात र त्यस वर्षको मार्चमा सुरु भयो । पेलेफोन सीडीएमए प्रणाली प्रयोग गर्ने मोबाईल फोन बेच्न रोकेको थियोे । २०१० को मध्यमा, युएमटिएस नेटवर्कलाई एचएसपिए+ मा अपग्रेड गरेको थियो । २०१४ मा कम्पनीले १८००० मेगाहर्ज ब्यान्डमा एक एलटिइ नेटवर्क सञ्चालन गरेको छ ।
अप्रिल २०१७ मा, पेलेफोनले ग्रीष्म ऋतुमा आफ्नो सीडीएमए सञ्जाल बन्द गर्न योजना घोषणा गरेको थियोे र २८ जून २०१७ मा बन्द पनि गर्यो ।[३]
सेवा र सञ्चालन
सम्पादन गर्नुहोस्सन् १९९४ मा सेलकमको स्थापना भएसँगै मोबाइल सञ्जाल सञ्चालकको रूपमा पेलेफोनको एकाधिकार तोडिएको थियोे र सन् १९९९ मा तेस्रो प्रतियोगी, पार्टनर (पहिला आेरेन्जको रूपमा चिनिन्छ) स्थापित भएको थियोे ।
हाई मोबाईल
सम्पादन गर्नुहोस्११ अप्रिल, २०१६ मा, पेलेफोनले नयाँ मोबाइल ब्रान्ड "हाई-मोबाइल"को सुरुवात गरेको थियोे ।[४]
पिमोबाईल
सम्पादन गर्नुहोस्अप्रिल २०१६ मा, पेलेफोनले एक मोबाइल ब्रान्ड "पिमोबाइल"को पनि सुरुवात गरेको थियोे ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ बेजेक लगानीकर्ताहरू बिचको सम्बन्ध (अङ्ग्रेजी)
- ↑ http://ir.bezeq.co.il/phoenix.zhtml?c=159870&p=irol-IRHome
- ↑ टेलिजियोग्राफी, "सीडीएमए सञ्जाल बन्द गर्ने निणय गरेको छ", अन्तिम पहुँच २०१७-१०-१६।[स्थायी मृत कडी]
- ↑ हाई मोबाईलको आधिकारिक वेबसाइट