पृथु यो सृष्टिका सबै भन्दा पहिलो राजा हुन् । हिन्दू धर्मका अनुसार राजा पृथुलाई भगवान विष्णुका २४ अवतारहरू मध्यको एक अवतार मानिएको छ। राजा पृथु सयंभुव मनु र शतरुपाका छोरा थिए। सयंभुव मनुलाई सृष्ठीका पहिला पुरुष र शतरुपालाई सृष्टिकी पहिली महिला भनिएको छ। राजा पृथुले आफ्नो रथमा सूर्य जस्तै तेजीला पाँग्राहरू जोडेर पृथ्वीमा चलाएका थिए। त्यसकारण पृथ्वीमा सात दिप तथा नौ खण्ड बनेको कुरा हिन्दू धर्म ग्रन्थहरूले पुष्टी गरेका छन्। राजा पृथुले नै यो भूमीलाई समथर र उब्जाउ योग्य बनाएका थिए । त्यस्तै राजा पृथुले गौ रुपी पृथ्वीलाई दुहेर सबै बिउहरू निकालेका थिए। राजा पृथुले दुहेर बिउ निकालेका कारण पृथ्वीको नाम "पृथ्वी" रहेको कुरा पनि हिन्दू धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।[१]

राजा पृथु चरित्र सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. सुब्बा होमनाथ केदारनाथ कृत नेपाली भाषाको पुस्तक सुकसागर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्