पूर्वी टिमोरको संविधान सभा

यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

पूर्वी टिमोरमा अगस्ट ३०, २००१मा संविधानसभाको निर्वाचन सम्पन्न भयो। पपुया न्युगिनीका प्रधानमन्त्री सर माइकल सामोरको नेतृत्वमा शान्तिपूर्ण रूपमा संविधानसभाको निर्वाचन गरी नयाँ संविधानको निर्माण गरियो। संविधानसभाको निर्वाचन हुनुपूर्व अन्तरिम संविधानको निर्माण गरियो। संविधानसभामा जम्माजम्मी ८८ जना राज्यको निर्वाचन क्षेत्र र जिल्ला निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीका आधारमा प्रतिनिधिको चयन भएको थियो। जाति तथा जनजातिमा अस्ट्रोनेसिया, पपुवान र चाइनीज अल्पसंख्यक, रोमन क्याथोलिक, मुस्लिम, प्रोटेस्टेन्ट, हिन्दू, बुद्धिस्टसमेतको समानुपातिक तवरबाट उक्त संविधानसभामा प्रतिनिधित्व भएको देखिन्छ। ९० प्रतिशत रोमन क्याथोलिकको जनसङ्ख्याको अनुपातमा संविधानसभामा प्रतिनिधित्व भएको देखिन्छ।[१]

स्रोत सम्पादन गर्नुहोस्

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११। [dead link]