पूर्वीय चिन्तन परम्परा

विद्यार्थी प्रकाशन प्रा.लि.काठमाडौंद्वारा २०६५ सालमा प्रकाशित पूर्वीय चिन्तन परम्परा नामक पुस्तकका सम्पादक मोहन भण्डारी र भूमिप्रसाद दहाल हुन् । यो पुस्तक विचार विशेष प्रबन्धहरूको सङ्ग्रह हो । प्रतिभा निकेतन, दमक नामक साहित्यिक संस्थाको तेह्रौँ प्रकाशनका रूपमा प्रस्तुत पुस्तक आएको छ ।

उल्लेख्य विशेषताहरू सम्पादन गर्नुहोस्

यस पुस्तकमा समाविष्ट २३ वटा प्रबन्धहरूले आआफ्नै विशेषता वहन गरेका छन् । इन्दिराज पौड्यालको विश्व सभ्यताको आदिम स्रोत : वेद शीर्षक लेखमा वेदका बारेमा विषद चर्चा गरिएको छ । ८२ पृष्ठ लामो यस लेखमा वेदको उद्भव, ऋग्वेद संहिता एवं शाखा, यजुर्वेद संहिता एवं शाखा, सामवेद संहिता एवं शाखा, अथर्ववेद संहिता एवं शाखाका बारेमा बताइएको छ । त्यसैगरी वेदका ब्राह्मण र अरण्यकका साथै उपनिषद्का बारेमा पनि प्रकाश पारिएको छ । यसका साथै वेदमा गणित, विज्ञान, ज्योतिष तथा विभिन्न कलाहरूको उल्लेख भएको कुरा लेखभित्र परेका छन् ।

प्रस्तुत पुस्तकको दोस्रो लेख हो पूर्वीय वास्तुशास्त्र : विश्लेषणात्मक परिचय। यसका लेखक उपेन्द्रप्रसाद भट्टराई हुन् । यसमा वास्तुशास्त्र सम्बन्धी जानकारीमूलक कुराहरू समावेश गरिएका छन् । आयुर्वेद विज्ञान परिचय नामक तेस्रो लेखमा काशीराज शर्मा सुवेदीले आयुर्वेद सम्बन्धी चर्चा परिचर्चा गरेका छन् । यो पनि खोजमूलक लेख हो । [१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. भण्डारी, मोहन (सं. २०६५),पूर्वीय चिन्तन परम्परा