पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ । यो चाड आफ्नो आफ्नो घरमा नै मनाइन्छ । विशेष गरेर पुष पन्ध्रमा चामलको पिठोको मोटो रोटी (भुच्चाने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ । त्यसैले पश्चिम नेपालमा कसैले मोटो रोटी बनाएमा पुष "पन्ध्रको जस्तो रोटी बनायो" भन्ने वख्यान पनि सुन्न पाइन्छ ।

पुष पन्ध्र
मितिपुष महिनाको १५ गते

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्