दुखाई कम गर्ने औषधिलाई पीडानाशक औषधि (analgesic) भनिन्छ। चिकित्सकहरूले यो समूहको औषधिलाई रोगको उचपाच सहायक (Treatment adjunct)को रूपमा प्रयोग गर्दछन्। रोग निको पार्न भने सम्बन्धित औषधि नै दिइन्छ। कहिलेकाहीँ रोगको कारण पत्ता लाग्न नसके पनि सरको प्रयोग गरिन्छ। धेरैजसो पीडानाशक औषधिहरूमा ज्वरो घटाउने (Antipyretic) र सुन्निएको कम गर्ने (Anti-inflammatory) गुणहरू समावेश हुन्छन्। यस समूहमा पर्ने औषधिहरूको पीडानाशक क्षमता भिन्न भिन्न हुन्छन्। आ-आफ्नो क्षमता अनुसार कुनै औषधि कडा पीडामा र कुनै हलुका पीडामा प्रयोग गरिन्छन्। यसैगरी यी औषधिहरू कुनै लत लाग्ने र कुनै लत नबस्ने खालका हुन्छन्।

प्रकार सम्पादन गर्नुहोस्

स्वास्थ्य सेवामा उपलब्ध हुने पीडानाशकलाई मुख्यतः दुई किसिमले विभाजन गरिएको छ।

  • ओप्वाइड युक्त
  • ओप्वाइड मुक्त

यी दुई मध्ये ओप्वाइडयुक्त पीडानाशकले लत लगाउने हुनाले ज्यादै आवश्यक पर्दा मात्र प्रयोग गरिन्छ। यसको विक्री/वितरण पनि ज्यादै नियन्त्रण गरिएको हुन्छ। ओप्वाइड मुक्त पीडानाशक भन्नाले ओप्वाइड नभएको र लत नलाग्ने औषधिहरू हुन्। यसमा पारासिटामोल, एस्प्रिन, आइबुप्रोफेन, डाइक्लोफेनाक आदि पर्दछन्।

स्रोत सम्पादन गर्नुहोस्

  • पुस्तकः औषधि प्रयोग गर्नुपरेमा (under copyleft, attribution required license)

हेर्नुहोस् सम्पादन गर्नुहोस्