कुनैपनी वस्तुमा अम्लिय र क्षारिय गुणको अवस्था के कस्तो छ भनेर नाप्ने मिटर स्केललाई पीएच मिटर वा पीएच स्केल भनिन्छ । उक्त स्केलले देखाउने अम्लिय र क्षारिय गुणको मान नै पीएच मान हो । यस स्केलमा १ देखी १४ सम्म संख्याहरु हुन्छ्न् । अति कडा अम्ललाई यस स्केलमा १,२ अङ्कले जनाईन्छ भने अति कडा क्षारलाई १३, १४ अंकले जनाईन्छ । तटस्थ पदार्थको पीएच अङ्क ७ हुन्छ । जस्तै पानीको पीएच मान ७ हुन्छ ।