विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको पिरामिड प्रयोगशाला विश्वकै सबैभन्दा उच्च क्षेत्रमा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो। समुद्र सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेसनल ल्याब्रेटोरी एन्ड अब्जरभेटोरी सेन्टरको नामले चिनिन्छ। यो उच्च भू- भागिय अनुसन्धान गर्ने सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रयोगशाला हो।

पिरामिड प्रयोगशाला

सन् १९९० को अन्त्य तिरसम्म पुग्दा हिमालहरूको मूल्य, पर्वतारोहणको अवधारणासँग मात्रै गाँसिएको थिएन त्यस सम्बन्धी नयाँ वैज्ञानिक सोच र मूल्य मान्यताको प्रादुर्भाव हुँदै आएको थियो। उच्च हिम श्रृंखलाहरू चुमेर नयाँ कीर्तिमान बनाउने सोच भन्दा भिन्न उद्देश्य लिएर वैज्ञानिकहरूको एउटा समिति बन्यो। यस समितिले पहाडी र हिमाली दुर्गम क्षेत्रमा दिगो विकासका लागि आवश्यक विशिष्ट वैज्ञानिक सहयोग उपलब्ध गराई त्यसको माध्यमबाट पर्यावरण संरक्षण,स्थानिय जनताको जीवनस्तरको सुधार गर्दै वैज्ञानिक ज्ञानको प्रचार गरी वैज्ञानिक खोजको नतीजा,पहाडी क्षेत्रको दिगो व्यवस्थापन, क्षमता विकास सम्बन्धी क्रियाकलाप, स्थानीय संस्कृति र परम्पराको विकासका लागि आवश्यक सहयोग अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्ने उद्देश्य राखेको छ। इटालिको राष्ट्रिय अनुसन्धान केन्द्र सिएनआरको सहयोगमा ग्याँस लेजर जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी १९९२मा सगरमाथाको उचाई पुन: नाप्ने काम गर्‍यो। यहि संस्थाको सहयोगमा सगरमाथाको उचाई ८८४८ मिटरनै कायम गरियो। इटालियन माउण्टेनका नामले चिनिने विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु को पनि सन् १९९६ मा पुन उचाई नापियो। यसरी निजि क्षेत्रमा स्थापित सस्थांले हिन्दुकुश, काराकोरम र हिमालय पर्वत क्षेत्रमा विशेष गरी नेपाल, पाकिस्तान, तिब्बत, भारत, भुटान र अफ्रिकाको पर्वतिय क्षेत्रमा प्रविधि विकास र वैज्ञानिक अनुसन्धान गर्दै आएको छ। बीस लाख यूरो भन्दा बढी खर्च गरी आजसम्म यस केन्द्रले १४३ देशको ५२० भन्दा बढी वैज्ञानिक प्रयोजनलाई आतिथ्य गरेको छ। त्यस्तै, २२० जना अनुसन्धानकर्ताका अनुसन्धान प्रयोजन पुरा गर्नुका साथै ७६५ वटा पुस्तकहरू प्रकाशित गरिसकेको छ।

एबिसी स्टेसन ५०७३ मिटर; लोबुचे सम्पादन गर्नुहोस्

उपकरणहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. अधिकारी लक्ष्मण,सर्वोच्च उचाइको प्रयोगशाला नेपालमा[dead link]