पालानिअप्पन चिदाम्बरम

पालानिअप्पन चिदाम्बर (Tamil: பழனியப்பன் சிதம்பரம்; born 16 September 1945)[१] एक भारतीय राष्ट्रिय काँग्रेस पार्टिमा आबद्ध राजनीतिज्ञ हुन् र उनी भारतका पूर्व अर्थ मन्न्री समेत हुन् । चिदाम्बर व्यवसायिक वकिल हुन तथा उनी पछिल्लो काँग्रेस नेतृत्वको सरकारको महत्त्वपूर्ण सदस्य समेत हुन् । उनी मुम्बइमा आतंकबादी हमला पश्चात सन् २००८ नोभेम्बर देखि साढे तीन वर्षको लागि गृहमन्त्री भएको अवधि बाहेक सन् २००४ मे देखि भारतको अर्थ मन्न्री पदमा रहेका थिए । उनी सन् २०१२ जुलाईमा प्रनव मुखर्जि पश्चात पुनः अर्थ मन्न्रीमा पद बहालि भएका थिए ।[२][३]

सन् १९९६-९७ को बजेटमा उनले सरकारी खर्चमा अनुशासन तथा आर्थिक घाटालाई कम गर्नको लागि महत्त्वकांक्षी कर सुधार कार्यक्रम ल्याएका थिए ।

साथ साथै चिदाम्बरम तथा उनका छोरा कार्ति भ्रष्टाचार, अधिकारको दुरूपयोग तथा सम्पत्ति शुद्धिकरणको अभियोगमा समेत मुछिएका थिए । [४][५][६]

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

चिदाम्बरमको जन्म भारतको तमिलनाडुको शिवगंगा जिल्लाको कनाडुकथानमा भएको थियो । उनको आमा पट्टिको बाजे चट्टिनाडको धनी व्यापारी तथा बैङ्कर राजा सर अन्नामलाई चेट्टायर हुन् ।[७] उनले आफ्नो विद्यालय शिक्षा मद्रास क्रिष्चियन कलेज उच्च माध्यमिक विद्यायमा गरेका थिए । उनले एक वर्षिय पूर्व विश्वविद्यालय पाठ्यक्रम लोयोला कलेज चेन्नईबाट गरेका थिए । चेन्नईको प्रेसिडेन्सि कलेजबाट विज्ञानको तथ्यांकशास्त्रमा स्नातक पूरा गरी मद्रास ल कलेज (हाल डा. आमबेडकर सरकारी ल कलेज)बाट कानुनशास्त्रमा स्नातक पूरा गरेका थिए र व्यवस्थापनमा स्नातकोत्तर सन् १९६८ मा हार्भर्ड विजनेस स्कुलबाट पूरा गरेका थिए । उनले चेन्नईको लोयोला कलेजबाट समेत स्नातकोत्तर सम्पन्न गरेका थिए ।[८]  यस समयमा उनको राजनीति तर्फको झुकाव बाँया तर्फ रह्यो र सन् १९६९ मा उनले एन. राम (पछि द हिन्दुका सम्पादक) र महिलाहरूको कार्यकर्ता मिथिला शिभरमसँग मिलि एक पत्रिका रयाडिकल रिभ्यु को शुरूवात गरेका थिए ।[९]

चिदाम्बरमका दुई भाइ र एक बहिनी छन् ।[१]  उनको बुबाको व्यापार गतिविधीहरूमा भारतमा वस्त्र, व्यापार र वृक्षारोपण समेटिएको थियो । उनले भने आफ्नो कानुनको अभ्यासलाई ध्यान दिए र आफ्नो परिवारको व्यवसायबाट टाढा रहे ।

परिवार तथा पारिवारिक जीवन सम्पादन गर्नुहोस्

चिदाम्बरम सम्पन्न परिवारबाट आएका थिए । उनको आमा लक्ष्मि अचि चट्टिनाडको धनी व्यापारी तथा बैङ्कर राजा सर अन्नामलाई चेट्टायरका छोरी हुन् उनले तलिम नाडुका ९० गाँउहरूको जग्गाको स्वामित्व रहेको छ भने उनलाई राजाको शिर्षक बिट्रिसहरूले प्रदान गरेका थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ P Chidambaram Biography – About family, political life, awards won, history.
  2. "Home minister Shivraj Patil quits, Chidambaram to take over", The Times of India, ३० नोभेम्बर २००८।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-११ मिति
  3. "Chidambaram new finance minister, Shinde gets home", अन्तिम पहुँच ३१ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण ३ अगस्ट २०१२ मिति
  4. "Subramanian Swamy exposes Chidambaram,son in corruption case", One India, २६ अप्रिल २०१२, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  5. "Pioneer - the unlikely crusader", The Live Mint, ४ मार्च २०१६, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  6. "Friend, father & philosopher of black money is Chidambaram", The Sunday Guardian, २७ अक्टोबर २०१६, अन्तिम पहुँच २७ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१६ मिति
  7. Chidambaram, Wife Own Assets Worth Over Rs 20 Crore = Archive.today अभिलेखिकरण २०१३-०१-३० मिति. news.outlookindia.com (23 April 2009).
  8. Meg Berté (MBA '00) – December 2005 – Alumni Bulletin – Harvard Business School.
  9. Kohli, Namita (११ अक्टोबर २०१३), "With fire in her belly", अन्तिम पहुँच ११ मार्च २०१४