पार्टनर सञ्चार कम्पनी

पार्टनर सञ्चार कम्पनी लिमिटेड (यहूदी: חברת פרטנר תקשורת בע"מ) व्यापारीक नाम पार्टनर र पहिला आेरेञ्ज इजरायल (यहूदी: אורנג' ישראל) को रूपमा चिनिने एक मोबाइल सञ्जाल सञ्चालक, इन्टरनेट वाइफाइ, निश्चित टेलिफोन सेवा र इजरायलको ओटीटी / आईपीटीभी प्रदायक पनि हो। यसले पहिलाको ब्राण्ड नाम आेरेञ्ज अन्तर्गत १६ फेब्रुअरी २०१६ सम्म काम सञ्चालन गरेको थियो।

पार्टनर सञ्चार कम्पनी लिमिटेड
חברת פרטנר תקשורת בע"מ
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:TASE
न्याजड्याकPTNR
आइएसआइएनIL0010834849 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित१९९९ (1999)
स्थापनाकर्ताहचिसन दूरसञ्चार अन्तर्राष्ट्रिय लिमिटेड, इल्बिट र युरोकम
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
इजरायल
मुख्य व्यक्ति
आइज्याक बेनबेनिस्टि (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूजिएसएम, जिपिआरएस, युसएमटिएस, डिसी-एचएसपिए+, एलटिइ
राजश्व
  • ह्रास८९७ मिलियन (२०१६)[१]
  • ₪१,०४४ मिलियन (२०१५)
परिचालन आय
  • ह्रास₪६९२ मिलियन (२०१६)
  • ₪७५७ मिलियन (२०१५)
  • वृद्धि₪२६ मिलियन (२०१६)
  • ₪९ मिलियन (२०१५)
मालिकफ्रि फ्लोट (६९.८%)
इजरायल टेलिकम (३०.२%)
वेबसाइटwww.partner.co.il

सञ्चालन सम्पादन गर्नुहोस्

पार्टनर सञ्चारले जनवरी १९९९ मा पूर्ण व्यावसायिक सेवा सुरु गरेको थियोे र ३१ मार्च २०११ सम्ममा यसका दश लाख प्रयोगकर्ता पुगेका थिए, यसले त्यसबेला इजरायलको सेलुलर बजारको अनुमानित २१% प्रतिनिधित्व गरेको थियोे । जुन २०१७ मा यसका २.७ मिलियन प्रयोगकर्ताहरू पुगेका थिए ।[२]

पार्टनर ग्राहकहरूको लागि क्षेत्रिय कोड ०५४ हो, यद्यपि ग्राहकहरू जसले विभिन्न सेलुलर कम्पनीबाट आफ्नो पुरानो नम्बर राख्नका लागि अनुरोध गरिएको छ, कानून अनुसार आवश्यक क्षेत्रीय कोड फरक हुने गरेको छ ।[३]

१ जनवरी २००९ मा कम्पनीले व्यावसायिक रूपमा इन्टरनेट सेवा र ल्यान्डलाइन सेवाहरू निजी प्रयोगकर्ता र साना व्यवसायहरूको लागि सुरू गरेको थियोे ।

सञ्जाल सम्पादन गर्नुहोस्

पार्टनर सञ्जालले जिएसएम (९०० मेगाहर्ट्ज / १८०० मेगाहर्ट्ज), युएमटिएस (९००/२१०० मेगाहर्ज) प्रविधि र ३ जी सेवाहरूको उपयोग गर्दछ। एचएसपिए हाल देशको ९०% भन्दा बढी क्षेत्रमा यस सुबिधा पुर्‍याएको छ साथै यसले एलटिइ सञ्जाल (१८०० मेगाहर्ज) पनि सञ्चालन गर्दै आईरहेको छ।

सञ्जालका प्रयोगकर्ताले ३५० जीएसएम र १३० युएमटिएसका साथ अन्तर्राष्ट्रिय सञ्जालहरूमा रोमिङ सम्झौताका कारण विश्वभरी उन्नत सेवाहरू प्रयोग गर्न सक्छन्। सञ्जाल प्रयोगकर्ताहरूको २३% व्यापार ग्राहकहरू छन्, २९% पूर्व-भुक्तानी (प्रिपेड) र बाँकी निजी पोस्टपेड ग्राहकहरू रहेका छन्।

पार्टनरको सञ्जालमा प्रयोग भएका आवृत्तिहरू
आवृत्ति ब्याण्ड
सङ्ख्या
प्रोटोकुल वर्ग
९०० मेगाहर्ज जिएसएम/जिपिआरएस/एज २ जी
१८०० मेगाहर्ज
९०० मेगाहर्ज युएमटिएस/एचएसपिए+ ३ जी
२१०० मेगाहर्ज
१८०० मेगाहर्ज एलटिई ४ जी

इतिहास सम्पादन गर्नुहोस्

पार्टनर १९९९ मा स्थापित भएको थियो र इजरायली बजारमा प्रवेश गर्ने यो तेस्रो मोबाइल नेटवर्क सञ्चालक थियो, जसका दुई दूरसञ्चार सेवा प्रदायकहरू - सेलकम (स्थापना १९९४) र पेलेफोन (स्थापना १९८६) सँग प्रतिस्पर्धा रहेको छ । इजरायल दूरसञ्चार मन्त्रालयले इजरायलमा नयाँ तेस्रो दूरसञ्चार सेवा प्रदायकको लागि मात्रै ठाउँ रहेको र चौथोको लागि कुनै ठाउँ रहेको कुरा घोषणा गरेको थियोे । यसैले केवल दुई कम्पनीहरूले निविदाको जवाफ दिएका थिए जसमा पार्टनर र "टापुज" पर्दछन् । बोलि प्रक्रियामा पार्टनरले टपुज (जसलाई यहूदी भाषामा सुन्तला भन्ने गरिन्छ) लाई हराएपछि , टपुज पार्टनरकै एक भाग बनेको थियोे ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्