पारिस्थितिक प्रणाली
(पारिस्थितिक पद्धतिबाट अनुप्रेषित)
पारिस्थितिक पद्धति (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय (बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु) र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरूमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्त्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ । वातावरणमा रहेको जैविक तथा अजैविक तत्त्वहरुको समग्रता नै पारिस्थितिक प्रणाली हो ।
प्रकार
सम्पादन गर्नुहोस्जीवजन्तूहरूको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :
- पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
- जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडी
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पारिस्थितिक प्रणाली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा पारिस्थितिक प्रणाली हेर्नुहोस्
- Millennium Ecosystem Assessment (2005)
- The State of the Nation's Ecosystems (U.S.) वेब्याक मेसिन अभिलेखिकरण २००६-०७-१८ मिति
- Bering Sea Climate and Ecosystem (Current status)
- Arctic Climate and Ecosystem (Current status)
- Teaching about Ecosystems वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-१९ मिति
- Components, Structure and Function of the Ecosystem