ग्रीक कथा अनुसार भगवान ले सृष्टी गरेको पहिलो मानव आइमाई

ग्रिक किम्बदन्तीमा 'पान्डोरा' को कथा अत्यन्त लोकप्रिय छ। ईश्वरले पान्डोराको हातमा एउटा अद्भूत बाकस थमाएर उनलाई पृथ्वीमा पठाइदिन्छन् र भन्छन्– 'यो बाकस खोल्ने दुस्साहस तिमी कहिल्यै नगर्नु।' धेरै कालसम्म त्यो बाकस बन्दको बन्दै रहन्छ। त्यसभित्र के त्यस्तो अलौकिक चिज छ, जसलाई बाहिर निकाल्न ईश्वरले सख्त मनाही गरे भन्नेसम्मको भेउ कसैलाई हुँदैन। एकदिन पान्डोराको धैर्यको बाँध टुट्छ। उनी आफ्नै आत्मालाई समेत छल गर्दै बाकस खोल्छिन्। त्यसबाट निस्कन्छ– द्वन्द्व, कलह, द्वेष, घृणा, लोभ, लालच, विग्रह।

[१]