पानावा झरना पाँचथर जिल्लाको मेमेङ्ग गाबिस वडा नम्बर ३ र ४ को संगममा अवस्थित छ । यो जिल्लाकै सबैभन्दा आकर्षक र लामो झरना हो । ३ सय ६५ मिटर लम्बाई भएको तेह्रथुम को ह्यातुङ झरनालाई नेपालकै सबैभन्दा लामो झरना भनिए पनि पानावा झरनाको भने लम्बाई अहिले सम्म नापिएको छैन । मेमेङ गाबिस को ३ र ६ नम्बर वडालाई सिमाना छुट्याएर रहेको यो झरना हेर्दा ह्यातुङ झरना बाराबरको देखिन्छ भने आकर्षक पनि उतिकै रहेको छ । बार्हैमास सङ्लो पानी खसीरहने यो झरनाको सिरमा गुप्तेश्वर शिवालय छ । त्यस्कारण यो झरनाको प्राकृतिक महत्त्व संगै धार्मिक र ऐतिहासिक महत्त्व पनि जोडिएको छ । यहाँ स्थित गुप्तेष्वरको मन्दिरमा मेमेङ्ग, प्राङवुङ्गसिदिन गाबिसको ब्राह्मण समुदायको बिगत पाँच वर्ष यता वर्षेनी पुराण लगाउनुका साथै नियमित पुजा पाठ गर्दै आएका छन् । यो झरना पोखराको पाताले छाँगोभन्दा कम छैन भन्ने कुरा स्थानिय साहित्यकार सन्दिप झझल्को भन्छन् अहिले सम्म लम्बाई ननापिएकाले यती नै हो भनेर भन्ने ठ्याक्कै भन्न नसकिए पनि यो झरना जिल्लाकै सबैभन्दा ठुलो र रमणिय झरना हो भन्ने हाम्रो दबी छ ।

नामको उत्पति सम्पादन गर्नुहोस्

पानावा झरना रहेको स्थान वरिपरी लिम्बू समुदायको बसोबास छ । लिम्बू भाषामा पाना भनेको पानी र वा भनेको छ अथबा पानावा भनेको यहाँ पानी छ भन्ने अर्थ लाग्छ । तसर्थ हिउँद वर्षा बार्हैमास निरन्तर छङ्छ्ङ गरेर पानी झरिरहने भएकाले यस झरनाको नाम पनि लिम्बू भाषाबाटै पानावा भनेर राखिएको बुढापाकाको भनाइ छ । यो झरना हेर्न मेमेङ सहित छिमेकी प्राङ्बुङ्, सिदिन गाबिसबाट प्रसस्तै मानिसहरु आउने गर्छन । यो बाहेक पुर्बोतिर पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रका धार्मिक साँस्कृतिक र एतिहासिक स्थलहरूको भ्रमण आउने वाह्यय पर्यटकहरूले पनि यो झरनाको दृष्यावलोकन गर्नुका साथै रमणिय दृष्य क्यामेरामा कैद गरेर लैजाने गरेका छन ।[१]

सन्दर्भ सुची सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्