पाँचथर हत्याकाण्ड एक वि.स. २०७६ जेठ ६ गते सोमबार नेपालको पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका भएको हत्याकाण्ड हो । यो हत्याकाण्डमा दुई परिवारका ९ जनाको हत्या गरिएको थियोे [५]

पाँचथर हत्याकाण्ड
हत्याकाण्डको घटना भएको जिल्ला पाँचथर
मिति२०७६ जेठ ६, सोमबार [१]
स्थानपाँचथर जिल्ला, नेपाल
मृत९ जना
(दुई परिवारको)
२०७६ जेठ
घाइतेसीता खजुम[२]
शंकित(हरू)मानबहादुर माखिम[३][४]

घटना विवरण सम्पादन गर्नुहोस्

२०७६ साल जेठ ६ गते सोमबार राति पाँचथर जिल्ला, मिक्लाजुङ गाउँपालिका का बमबहादुर फियाकसहित उनको परिवारका चार जनाको हत्या भएको थियो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमा पाँचजनाको हत्या भएको थियो । सबैलाई धारिलो हतियारले टाउको र शरीरमा क्षतविक्षत हुने गरी काटिएको थियो । घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम थिइन्[६] । उनी घटनाका बेला भाग्दै छिमेकी घरमा शरण लिएर बाँच्न सफल भएकी थिइन् । उनले प्रहरीमा दिएको बयानअनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको एक जना व्यक्तिले धारिलो हतियारले पालैपालो परिवारका सबैलाई प्रहार गरेका थिए । हत्यामा संलग्न आशंका गरिएका व्यक्ति बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थिए । जुन घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा पर्ने मिक्लाजुङ–७ लिम्बा गाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए[७]

मृतकहरू सम्पादन गर्नुहोस्

पाँचथर हत्याकाण्डका मृतकहरू[८]

  • बमबहादुर फियाक
  • पुर्सिमायाँ फियाक
  • मनकुमारी फियाक
  • श्रेया फियाक
  • धनराज शेर्मा
  • जस्मिता फियाक
  • इक्सा शेर्मा
  • योवना शेर्मा
  • मुना शेर्मा

शंकास्पद व्यक्ति सम्पादन गर्नुहोस्

यस हत्याकाण्डमा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मानबहादुर माखिया, जुन घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा पर्ने मिक्लाजुङ–७ लिम्बा गाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटना पछि केही स्थानीय बासिन्दाले प्रहरी सामु मानबहादुर ‘डिप्रेसन’बाट ग्रसित रहेको बताएका थिए[९]

प्रहरी जानकारी सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "पाँचथर हत्याकाण्ड : गाउँलेहरु त्रसित, रातभर तपाईको प्रतिक्रिया  जेठ ८, २०७६ बुधबार १८:५७:३", उज्यालो नेपाल, अन्तिम पहुँच जेठ ९, २०७६ 
  2. "पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य", कान्तिपुर दैनिक, अन्तिम पहुँच जेठ ७, २०७६ 
  3. "पाँचथर हत्याकाण्ड : ‘आत्महत्या’अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो ‘अन्तिम कल’ !", lokaantar.com, अन्तिम पहुँच जेठ ७, २०७६ 
  4. "भतिजाको बयान : घरज्वाइँ नबस्दा सम्बन्धविच्छेदको प्रक्रिया, अंशमा कुरा अड्किएपछि ...", lokaantar.com, अन्तिम पहुँच जेठ ७, २०७६ 
  5. "पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य", कान्तिपुर दैनिक, अन्तिम पहुँच जेठ ७, २०७६ 
  6. "पाँचथर हत्याकाण्ड : सीतालाई मनोपरामर्श", कान्तिपुर दैनिक, अन्तिम पहुँच जेठ ११, २०७६ 
  7. "पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न", कान्तिपुर दैनिक, अन्तिम पहुँच जेठ १०, २०७६ 
  8. "पाँचथर हत्याकाण्ड : ९ जनाको सामूहिक अन्त्येष्टि", ujyaaloonline.com, अन्तिम पहुँच जेठ ०९, २०७६ 
  9. "पाँचथर हत्याकाण्ड : मानबहादुरले आत्महत्या गरेको ठाउँ नजिकै भेटिए खुकुरी, लुगा र झोला", setopati.com, अन्तिम पहुँच जेठ ०७, २०७६ 

बाहिरी सुत्रहरू सम्पादन गर्नुहोस्