पहिलोपोस्ट
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
पहिलोपोस्ट बिजमान्डु प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार पहिलोपोस्टका प्राथमिकता हुन्। यो पोर्टलको बेटा संस्करण २०७१ साउन १ गतेबाट सुरु भएको हो। यसका संस्थापक सम्पादक उमेश श्रेष्ठ हुन्।[१]
२०८० साउन १ गतेदेखि पहिलोपोस्टको प्रकाशन स्थगन भएको छ। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो।[२]
पछिल्लो समय चर्चामा रहेका बिजमाण्डु र पहिलोपोस्टमा उद्यमी चन्द्र ढकालले अप्रत्यक्ष लगानी गरेको काठमाडौंबाट छापिने दृष्टि साप्ताहिकले दाबी गरेको थियो।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://www.pahilopost.com/content/about-us-1.html
- ↑ "पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]", pahilopost.com, अन्तिम पहुँच २०२३-०८-१३।
- ↑ http://drishti.weeklynepal.com/2014/11/05/article-item131415184751 वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०९ मिति