नोरी (अंग्रेजी Nori, जापानी 海苔) खान मिल्ने समुन्द्री वनस्पतिबाट बनेको चखिलो र अलग मिठास भएको जापानी खाना हो। यो प्रोपिया प्रजातिको रातो लेऊ हो।  कागजको पाना आकारको यो खाना कूक हरूले जापानी खाना खासगरी सुसीको रोल बेर्नमा प्रयोग गर्छन्। 

नोरी
नोरीका पत्ताहरू
प्रकारखाद्य समुन्द्री झार
मुख्य सामग्रीहरूसुकाएको रातो लेउ
नोरी पत्र सुक्ष्मदर्शक यन्त्रबाट हेर्दा, 200× ठूलो पार्दा

नोरीको सुख्खा पाताहरू समुन्द्री लेउ लाई पिसेर र्‍याकमा सुकाएर कागज बनाए जसरी नै तयार गरिन्छ । नोरी तयार भएपछि प्याकिङ गरेर बजारमा पठाइन्छ। यसले हावामा रहेको आर्द्रताबाट समेत पानि सोस्ने भएकोले लामो समय भण्डारण गर्नका लागि यसलाई हावा नछिर्ने गरी प्याक गरेर सुख्खा ठाउँमा राखिन्छ। 

इतिहास सम्पादन गर्नुहोस्

 
१९ औँ शताब्दिमा कोबो शुमानद्वारा समुन्द्री झारबाट बनाइका केकहरू
 
नोरीको पत्र टोस्ट गर्दै, सन् १८६४ 

मूलत नोरी शव्दले हिजिकी लगायतका समुन्द्री झार जनाउँछ।[१] नोरीको अहिले सम्मको सबैभन्दा पुरानो वर्णन आठौँ शताब्दीको पाइएको छ।  सन् ७०१ मा लागू भएको ताओ कोड (कानून)मा  नोरीमा कर लाग्ने वस्तुमा सूचिकृत भएको थियो।  [२] 

सन् ७२१ तिर फुदोकीको हिटाची प्रान्तका बासिन्दाले नोरी सुकाउँथे भन्ने वर्णन पाइन्छ। त्यसैबेला ७१३ देखि ७२३ ताका इजुमो प्रान्तमा नोरी खेती गरिएको वर्णनबाट प्राचीन काल देखि नै नोरीको प्रचलन थियो भन्ने आधार मिल्छ।[३]  सन् ९८७ ताका लेखिएको उत्सुबो मोनोगातारी पुस्तकमा नोरी लाई सामान्य प्रचलनको खानाको रूपमा उल्लेख गरिएको छ। पत्रको रूपमा विकास हुनु अघि यो गिलो पेस्टको रूपमा प्रयोग हुन्थ्यो। सन् १७५० तिर त्यस बेलाको आकुसा इदो (हालको टोकियो), मा कागज बनाउने तरिका प्रयोग गरी नोरीको प्रशोधन सुरू भयो।[४][५][६][७]

 
Negitoro gunkanmaki (葱トロ軍艦巻き)

प्रयोग सम्पादन गर्नुहोस्

नोरी धेरजसो सुसी र ओनिगिरी लाई बेर्ने काममा प्रयोग गरिन्छ। सामान्यतया यसमा भात बेह्रेर पनि खाइन्छ।  नुडल्स र सुपलाई मिठास थप्ने अल‌ंकारको रूपमा पनि प्रयोग हुन्छ। यसलाई खानुपूर्व "याक नोरी" भनेर विशेष रूपले टोस्ट गरिन्छ।  नोरीलाई सोया सस सँग मिलाएर त्यसैको स्वादमा पनि खाने चलन रहेको छ। तर धेरैजसो ठाउँमा भने खानाको विशेष सजावटमा नोरीको प्रयोग गर्ने गरिन्छ।

नोरीसँग सम्बन्धित यो जस्तै अर्को हरियो लेऊबाट बन्ने खाना पनि छ जसलाई एनोरी भनिन्छ। एनोरी चाहिँ दैनिक खानामा प्रयोग गरिन्छ।

पोषण सम्पादन गर्नुहोस्

काँचो समुद्री झारमा ८५% पानी, ६% प्रोटीन, ५% कार्बोहाइड्रेट, न्यून मात्रामा चिल्लो पदार्थ हुन्छ (तालिका हेर्नुहोस्)। यो समुद्री वनस्पति भिटामिन ए, भिटामिन सी, रिबाफ्लाभिन, र फोलेट को भरिलो स्रोत हो। यो समुद्री वनस्पतिमा आयोडीन को उच्च मात्रामा पाइन्छ। [८]

पोषक तत्व (समुन्द्री झार, लेउ, laver, कच्चा)
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ
ऊर्जा१४६ किलोजूल (३५ कि॰कैल)
५.११ g
खाद्य अंश०.३ g
०.२८ g
५.८१ g
भिटामिनभिटामिन
दैआ%
भिटामिन ए समतुल्य
३३%
२६० μg
थायमिन (बि)
९%
०.०९८ मिग्रा
रिबोफ्लाबिन (बि)
३७%
०.४४६ मिग्रा
नायासिन (बि)
१०%
१.४७० मिग्रा
फोलेट (बि)
३७%
१४६ μg
भिटामिन बि१२
०%
० μg
भिटामिन सी
४७%
३९.० मिग्रा
भिटामिन डी
०%
० μg
भिटामिन ई
७%
१.०० मिग्रा
भिटामिन के
४%
४.० μg
खनिजपरिमाण
दैआ%
क्यालसियम
७%
७० मिग्रा
आइरन
१४%
१.८० मिग्रा
म्याग्नेसियम
१%
२ मिग्रा
फोसफोरस
८%
५८ मिग्रा
पोटासियम
८%
३५६ मिग्रा
सोडियम
३%
४८ मिग्रा
जिङ्क
११%
१.०५ मिग्रा
अन्य अवयवहरूपरिमाण
पानी८५.०३ g
वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत।
स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kodansha encyclopedia of Japan 6, Kōdansha, १९८३, पृ: ३७, आइएसबिएन 978-0-87011-620-9 
  2. Nisizawa, Kazutosi; Noda, Hiroyuki; Kikuchi, Ryo; Watanabe, Tadaharu (सेप्टेम्बर १९८७), "जापानको मुख्य सामुन्द्रिक वनस्पतिजन्य खाना", Hydrobiologia, 151-152 (1): 5–29, डिओआई:10.1007/BF00046102 
  3. Hiroshi, Terayama (२००३), asaka Shobō, पृ: ५८८ https://books.google.com/books?id=vQc3AAAAMAAJ  |title= रितो (सहायता)
  4. Miyashita, Akira (२००३), 海苔 [Nori], Hosei University Press, आइएसबिएन 978-4588211119 
  5. Katada, Minoru (१९८९), 浅草海苔盛衰記 [Asakusa nori rise and fall], Seizando-Shoten Publishing, आइएसबिएन 978-4425822515 
  6. Shimbo, Hiroko (२००१), The Japanese kitchen: 250 recipes in a traditional spirit, Harvard Common Press, पृ: १२८, आइएसबिएन 1558321772 
  7. "After 40-year no-show, famed Asakusa nori makes comeback", The Asahi Shimbun, जनवरी ६, २००५, "Inspired by Japanese paper-making, fishermen processed harvested seaweed into thin, square-shaped sheets." 
  8. "Iodine Fact Sheet for Health Professionals", National Institutes of Health, फेब्रुअरी ११, २०१६, अन्तिम पहुँच २७-नोभेम्बर-२०१८