नोबेल साहित्य पुरस्कार
साहित्यमा नोबेल पुरस्कार (स्वीडेनी: Nobelpriset i litteratur) वार्षिक रूपमा साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारहरूलाई स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो ।[१][२] यो पुरस्कार नोबेल फाउन्डेसन द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो साहित्यका लागि नोबेल समितिको प्रस्तावमा स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । साहित्यको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । स्टकहोममा नोबेल पुरस्कार सम्मान समारोहको मुख्य आर्कषण त्यस बेला हुन्छ जब नोबेल पुरस्कार विजेतालाई महामहिम स्विडेनको राजाको हाथबाट पुरस्कार प्राप्त गर्ने गरिन्छ । स्वीडिश एकेडमीले हालको वर्षहरूमा केही महत्त्वपूर्ण आलोचनाहरूलाई आकर्षित गरेको छ । केही आलोचकहरूको यो तर्क छ कि केही प्रसिद्ध लेखकहरूलाई यो पुरस्कार दिईएन र अन्य व्यक्तिहरूको यो कथन छ कि यस पुरस्कारलाई ग्रहण केहि प्रसिद्ध लेखक यस पुरस्कारको योग्य छदै थिएनन् । यस कुरालाई लिएर बेलाबेलामा विवाद हुने गरेको छ कि यस पुरस्कारको मनोनयनमा तथा हालमा साहित्यिक विजेताहरूको अन्तिम चयनमा राजनीतिक हित लुकेको हुन्छ।
साहित्यमा नोबेल पुरस्कार | |
---|---|
पुरस्कृत (कारण) | साहित्यमा उल्लेखनीय योगदान |
स्थान | स्टकहोम, स्विडेन |
प्रस्तुतकर्ता | स्वीडीश एकेडमी |
प्रथम पुरस्कृत | १९०१ |
वेबसाइट | nobelprize.org |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्पुरस्कार
सम्पादन गर्नुहोस्साहित्यमा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।[३]
नोबेल पुरस्कार मेडल
सम्पादन गर्नुहोस्नोबेल पुरस्कार डिप्लोमा
सम्पादन गर्नुहोस्पुरस्कार राशी
सम्पादन गर्नुहोस्बिजेताहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "History – Historic Figures: Alfred Nobel (1833–1896)", बिबिसी, अन्तिम पहुँच २०१०-०१-१५।
- ↑ "Guide to Nobel Prize", ब्रिट्यानिका, अन्तिम पहुँच २०१३-०६-१०।
- ↑ Tom Rivers, "2009 Nobel Laureates Receive Their Honors | Europe| English", .voanews.com, अन्तिम पहुँच २०१०-०१-१५।