नेपाल विकास बैंक लिमिटेड


नेपाल विकास बैङ्क लिमिटेडले आफ्नो काम सन् १९९९ जनवरी ३१ (२०५५ साल माघ १७ गते)मा सुरु गर्‍यो। नेपाल विकास बैङ्क लिमिटेड नेपालको निजी क्षेत्रको पहिलो राष्ट्रियस्तरको विकास बैङ्क हो। यस बैङ्कको स्थापना विकास बैङ्क ऐन, २०५२ अन्तर्गत भएको हो। यस बैङ्कको प्रमुख उद्देश्य औद्योगिक, व्यापारिक, व्यावसायिक तथा कृषिक्षेत्रको विकासमा गतिशीलता ल्याउनु हो। २०५४ साल चैत्रमा नेपाल राष्ट्र बैङ्कले नेपाल विकास बैङ्क लिमिटेडलाई निजी क्षेत्रको पहिलो राष्ट्रियस्तरको विकास बैङ्कको स्थापनाका लागि स्वीकृति दिएको हो।