नेपाल बन्द २०४६ सालको परिवर्तन पछि विकास भएको विरोधको शैली हो। यसमा ठूलठूला पार्टी देखि लिएर सानो सानो समुहबाट सामान्य नेपाली जनजीवन ठप्प पार्ने प्रयास गरिन्छ।

नेपाल बन्दमा खाली सडक

नेपाल बन्द आह्वान कर्ताले व्यापार व्यवसाय, उद्योगधन्दा, यातायात लगायतका सबै क्षेत्र बन्द गर्न दवाव दिन्छन्। विभिन्न सानो ठूलो माग तेर्स्याई नेपाल बन्द आह्वान गर्नेहरूले शान्तिपूर्ण विरोध गर्दा सरकारले नसुनेकोले नेपाल बन्द आह्वान गरेको बताउने गरेका छन्।

सर्वसाधारणलाई जे जति कठीनाई परे तापनि एक दिन गाडी नचल्दा धुवाँ धुलोयुक्त काठमाडौँको वातावरण भने एकदिनका लागि भए पनि सफा देखिन्छ।

नेपाल बन्दको कारणले सर्वसाधारण जनताले दु:ख पाउछन्। यसले गर्दा बिरामी, विध्यार्थी, कर्मचारी, पर्यटकले एकदम पीडा पाउछन्।दैनिक उपभोग्य सामानको लागि पनि सर्वसाधारण जनताले दु:ख पाउछन्। अलि गहिरिएर सोच्ने हो भने यो एउटा मानवता बिरोधि गतिविधि हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्