नेपाल पानीजहाज कार्यालय

वि.सं २०७५ फागुन २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो । २०७५ माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो।

नेपाल पानीजहाज कार्यालय
गठनवि.सं २०७५ फागुन २
प्रकारसरकारी
कानुनी वैद्यतानेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायातन मन्त्रालय
लक्ष्यपानीजहाजको सुरुवात र विकासका लागि ढोका
प्रधान कार्यालयकाठमाडौँ एकान्तकुना-ललितपुर
मूल सङ्गठनहरू
भौतिक पूर्वाधार तथा यातायातन मन्त्रालय
कर्मचारी
१६

पृष्ठभूमि सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

वि सं २०२७ मा राजा महेन्द्रको समयमा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको थियो । त्यतिवेलै राजाले पानीजहाज सञ्चालनसम्बन्धी चारवटा ऐन बनाएका थिए । पानी जहाज दर्ता ऐन, २०२७ बनेको थियो ।[१] २०२७ सालमा "पानी जहाज दर्ता ऐन" प्रचलनमा आए पनि कार्यालय स्थापना भएको थिएन। नेपाली पानीजहाजलाई विदेशी बन्दरगाह वा विदेशी क्षेत्रीय समुद्रमा रहँदा सन्धिद्वारा प्रदत्त सुविधा तथा शुल्कहरू र उचित सम्मानको अधिकार दिलाउने उद्देश्यले नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन २०२७ बनेको थियो ।

२०२८ सालमा तत्कालीन सरकारले पानीजहाज किन्न तथा सञ्चालनका लागि ‘रोयल नेपाल सिपिङ कर्पोरेसन’ नामक संस्था नै खडा गरी प्रक्रिया अगाडि बढाएको थियो ।[२] यो कर्पोरेसनले ब्रिटिस कम्पनीसँग पानीजहाज खरिद गरेको थियो । जहाजको केही पैसा तिरेपछि बाँकी पैसाका लागि नेपाल सरकार जमानी बस्नुपर्ने थियो । तर, सरकारले जमानी बस्न आनाकानी गरेपछि ब्रिटिस कम्पनीले जहाज फिर्ता लगेको थियो । [३]

व्यंग्य सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. पानी जहाज दर्ता ऐन, २०२७ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति
  2. जल परिवहन अध्ययन गर्न नेपाली टोली भारत जाने
  3. https://farakdhar.com/story/5621/