नेपाल खेल सङ्ग्रहालय काठमाडौं स्थित दशरथ रङ्गशाला दक्षिणतर्फको प्याराफिट तल रहेको छ। यो नै नेपालको पहिलो ओलम्पिक सङ्ग्रहालय हो, जसले खेलप्रेमीहरूलाई नेपाली खेलको इतिहास बुझाउन मद्दत गरि रहेको छ। यस सङ्ग्रहालयको स्थापना वि.स. २०५२ सालमा नेपाली फोटो पत्रकार अरूण क्षितिजको पहलमा स्थापना भएको थियो। वि.स. २०५२ सालमा नेपाल राष्ट्रिय खेलकुद परिषद्शिक्षा मन्त्रालयसँगको स्वीकृति लिएर सङ्ग्रहालयको आधिकारिक दर्ता भएको थियो।

सङ्ग्रहालयको बारेमा सम्पादन गर्नुहोस्

यो नेपालको पहिलो खेलकुद सङ्ग्रहालय हो। यस सङ्ग्रहालयमा नेपाली खेल इतिहास दर्साउने फोटोहरू, नयाँ पुराना ट्रफीहरू, पदकहरू(मेडल), खेलसम्बन्धि नेपाली र विदेशी प्रख्यात खेलाडीहरूले प्रयोग गरेका खेल सामाग्रीहरू यस सङ्ग्रहालयमा रहेका छन्।

त्यस बाहेक यस सङ्ग्रहालयमा रहेका केहि महत्त्वपूर्ण सामाग्रीहरू

साथै समग्रमा नेपालमा पहिलो पटक खुलेको यस खेल सङ्ग्रहालयमा खेल-प्रेमीहरूले नेपाली खेलक‍ो ८० वर्ष भन्दा अघिसम्मको इतिहासलाई नियाल्न सक्दछन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  • स्पोर्ट्स डाइजेस्ट, २०५६ नामक नेपाली पुस्तक(लेखक-भीम राना `जिज्ञासु´)

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्