नेपालको भौगर्भिक बनोट
नेपाल दक्षिण एसियाको मध्य हिमालयमा पर्ने देश हो। यो देशको भौगर्भिक बनावट अन्य सामान्य मुलुकहरूको भन्दा अलग किसिमको छ। नेपालको भौगर्भिक बनोट जान्नु अघि हिमालयको उत्पत्तिको बारेमा जान्नु आवश्यक हुन्छ। हिमालयको उत्पत्ति मोड अर्थात् Foldबाट भएको मानिन्छ। यो सिद्धान्त प्लेट टेक्टोनिक Plate Tectonic Theory सिद्धान्तमा आधारित भएको भूगर्भविदहरूले पुष्टि गरिसकेका छन्। नेपालको भौगर्भिक बनावट नेपालको भौगर्भिक बनोटबारे चर्चा गर्नुअघि सिङ्गो हिमालय क्षेत्रको भौगर्भिक बनोटको बारेमा वर्णन गर्न आवश्यक छ। किनभने हाम्रो देश नेपाल हिमालय क्षेत्रको एक अंश हो।
आजभन्दा करिब चार करोड पचास लाख वर्ष पहिले युरेशियन प्लेट र भारतीय प्लेट एक आपसमा ठक्कर खाई हिमालयको जन्म भएको थियो। यी दुवै प्लेटहरूबीच रहेको तेथीस महासागर हिमालय बन्ने क्रममा विलय भएको थियो। दक्षिणतिर अवस्थित भारतीय प्लेट उत्तरतिर गतिशील भई एशियन प्लेटसँग ठक्कर खाएपश्चात भारतीय प्लेट एशियन प्लेटभित्र घुस्न वा छिर्न शुरू भयो। यो काम आज पनि २ सेन्टिमीटर प्रतिवर्षको दरले उत्तरतिर सर्ने र छिर्ने प्रक्रिया यथावत छ। भारतीय प्लेट एशियन प्लेटभित्र छिर्न थालेपछि भारतीय प्लेटको भूपटल (Crust)मा ठूला–ठूला दरारहरू वा चिराहरू (Fault) जस्तै Main Frontal Thrust -MFT), Main Boundary Thrust (MBT), Main Central Thrust-MCT) र South Tibetan Detachment System (STDS)बनेका छन्। यी चिराहरूमध्ये सबैभन्दा कम उमेरको चिरा ज्ँत् हुन् जो सबैभन्दा दक्षिणमा पर्दछ। र यो चिरा दशलाख वर्ष पहिले मात्र बनेको थियो। यी चिराहरूले सिंगोहिमालयलाई क्रमशः दक्षिणबाट उत्तरतिर विभिन्न हिमालयहरूमा विभाजन गरेको छ। उदाहरण :
- Tibetan-Tethys Himalaya North
- Higher Himalayan Crystallines
- Lesser Himalaya
- Churia or Siwaliks
- Indo-Gangetic Plain(Terai) South
त्यसैगरी करिब २४०० कि.मी. लामो हिमालयलाई पश्चिमबाट पूर्वतिर क्रमशः पञ्जाब हिमालय, कुमाउ हिमालय, नेपाल हिमालय, सिक्किम-भुटान हिमालय र
नर्थ-इस्ट फ्रन्ट्रियर एजेन्सीमा विभाजन गरिएको छ। नेपाल हिमालयको लम्बाई ८०० कि.मी. छ। यी सबै हिमालयहरूको एकै किसिमको भौगर्भिक बनोट छ।
नेपाल हिमालयमा दक्षिणबाट उत्तरतिर क्रमशः Terai, Siwaliks, Lesser Himalaya, Higher Himalayan Crystallines र Tibetan Tethys Himalayaछन्। नदीहरूले साना–साना सेडिमेन्टसलाई पहाडबाट बगाएर लगी तराई क्षेत्रमा थुपारेका छन्। केहीलाख वर्षपछि यी सेडिमेन्टसहरू पनि पत्रे चट्टानमा परिवर्त्तन हुनेछ। चुरिया मुख्यगरी पत्रे चट्टानहरूले बनेका छन्।shale, Sandstone, Conglomerateजस्ता पत्रे चट्टानहरूमा Gastropoda र पातका जीवाशेषहरू पनि पाइएका छन्, यी चट्टानहरू आजभन्दा १ करोड ८० लाख वर्षपहिलेदेखि बन्न शुरू गरेका हुन् र सबैभन्दा कम उमेरको चट्टानहरू १० लाख वर्षसम्मको पाइएको छ। Lesser Himalaya शुरू हुनासाथ तुरून्तै उचाइ बढेर गएको पाइन्छ। यो Lesserहिमालय पत्रे चट्टानहरू जस्तै : limestone, Dolomites र परिवर्त्तित चट्टानहरू जस्तैः Slate, Phyllite, Schist, Quartzite, Amphibolite, : Marble, Augen gneissले बनेका छन्। यी चट्टानहरू ४ अरबदेखि २ करोड ४० लाखवर्षसम्म उमेरको पाइएको छ। साथै एककरोड ७० लाखवर्ष पुरानो जीवाशेषहरू पनि पाइएको छ। परिवर्तित चट्टानहरू बन्ने क्रममा ५००देखि ८०० मेघा पास्कलसम्म दवाब र ४५०० से.देखि ५५०० से.सम्म तापक्रम भएको अनुसन्धानबाट थाहा भएको छ। त्यसैगरी Higher Himalayan Crystallines अन्य हिमालयहरू Lesser Himalaya र Tibetan - Tethys Himalaya भन्दा बढी दबाव -६५० देखि ८६५ मेघा पास्काल) र तापक्रम -५५ देखि देखि ६००० बाट) परिवर्त्तित चट्टानहरूले बनेका छन्। यी चट्टानहरूः Gneiss, Quartzite, Marble, Schist आदि हुन्। यी चट्टानहरू ४ अरबदेखि ५७ करोडवर्षसम्म उमेरका भएको अध्ययन-अनुसन्धानबाट पत्ता लागेको छ। Tibetan – Tethys Himalayaमा पत्रे र कम दवाब र तापक्रम भएको परिवर्त्तित चट्टानहरू पाइएका छन्। shale, limestone, Sandstone पत्रे चट्टानहरू हुन् भने Phyllite, metasandstone, schist परिवर्तित चट्टानहरू हुन्। यस हिमालयमा Brachiopods, Graptolites, Echinoderms, ammonites, Belemnites आदि विभिन्न जीवाशेष पाइन्छन्, किनकि यो हिमालय तेथिस महासागरको sedimentsबाट बनेको हुनाले महासागरमा भएको जीवित प्राणीहरू रहेको प्रमाण जीवाशेषले बताउँछ। यो चट्टानहरूको उमेर ५७ करोडवर्षदेखि
६ करोड ५० लाख वर्षसम्म भएको पाइएको छ। परिवर्तित चट्टानहरूमा दबाव ३०० मेघा पास्कलसम्म र तापक्रम ३७० देखि ५००० से.सम्म पाइएको छ। यी चट्टानहरूबाहेक आग्नेय चट्टान (ग्रेनाइट) पनि हिमालय क्षेत्रमा पाइन्छन्। तीन किसिमका उमेर भएका ग्रेनाइटहरू पाइएका छन्।
१. करिब दुई अरब वर्ष पुरानो,
२. करिब पचास करोड पुरानो र
३. करिब दुई करोड पचास लाख वर्ष पुरानो।