निर्मला पन्त बलात्कार र हत्या
निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।
चित्र:निर्मला पन्त बलात्कार तथा हत्याकाण्ड.jpg | |
मिति | २०७५ साउन १० |
---|---|
स्थान | कञ्चनपुर जिल्ला, नेपाल |
मृत | १ (निर्मला पन्त) २०७५ साउन १० |
शंकित(हरू) | दीलिपसिंह विष्ट |
स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । [१] छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ। [२]
प्रहरी अनुसन्धान
सम्पादन गर्नुहोस्आसंकितहरू
सम्पादन गर्नुहोस्बलात्कारपछि हत्या भएको १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरी सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो [३] ।
जनआवाज
सम्पादन गर्नुहोस्यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
सरकारको तर्फबाट
सम्पादन गर्नुहोस्यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
विविध विवरणहरू
सम्पादन गर्नुहोस्यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ किशोरी निर्मलाको बलत्कार पछि हत्या
- ↑ निर्मला हत्याकाण्ड
- ↑ "निर्मला पन्तको बलात्कार र हत्याकाण्ड झन् रहस्यमय बन्दै, परिवारमाथि प्रहरीकै दबाब", डिसी नेपाल, अन्तिम पहुँच ५ भाद्र २०७५। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति