नानीमैया दाहाल एक स्वतन्त्र नेपाली राजनीतिज्ञ थिए। उनी २०३८ साल देखि २०४२ साल सम्म पञ्चायत संसदमा काठमाडौं निर्वाचन क्षेत्रका सांसद थिए। उनी नेपालमा पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका उम्मेदवारलाई पराजित गर्नका लागि परिचित छिन् । उनको जितलाई काठमाडौंका नागरिकहरू, विशेष गरी युवाहरू, यथास्थिति र पञ्चायत व्यवस्था प्रति विरोधको रूपमा मानिन्छ। [१] [२] [३]

उनको जितपछि पञ्चायत व्यवस्था विरुद्धको विरोधको प्रतीकका रुपमा विशाल र्‍याली निकालिएको थियो । [४] [५]

जीवनी सम्पादन गर्नुहोस्

१० वर्षको उमेरमा नानीमैया त्रिभुवन गाउँ विकास योजनाका प्रमुख थिए । २९ वर्षको उमेरमा उनी काठमाडौंको जोरपाटीको गाउँ उपप्रधानपञ्च भइन्। त्यतिबेला मणिराम चालेसे प्रमुख थिए । [६]

उपप्रधानपञ्चको रूपमा, उनी साल्ट ट्रेडिङ सेन्टरमा खाद्य वितरणको व्यवस्थापन गर्थिन्। पञ्चायतकालमा साल्ट ट्रेडिङले नेपालको सबै भागमा नुन र तेल जस्ता घरायसी वस्तुहरू वितरण गर्ने गर्थ्यो। उनले महिला अधिकारको अभियानमा पनि भाग लिएर बलात्कार पीडितहरूलाई सहयोग गरेकि थिइन्। [६]

२०३८ साल वैशाख २० गते उनले पञ्चायत संसदको स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारीको दिएकी थिइन् । उनको अभियानलाई विद्यार्थी चन्दा द्वारा सहयोग गरिएको थियो। उनको चुनावी चिन्ह घडी थियो । निर्वाचनमा उनले ६५,७७७ मत प्राप्त गरी कमल चित्रकारविरुद्ध विजयी भएकी थिइन्। [७] उनी चुनाव जित्ने थोरै महिला उम्मेदवारहरूमध्ये थिइन्। स्वतन्त्र उम्मेदवार भएकाले उनलाई नेपाली कांग्रेसको जासूस पनि मानिन्थ्यो । [६]

उनले आफ्नो अवधिमा जोग मेहेर श्रेष्ठसँग काम गरिन् र विसं २०३८ देखि २०४२ सम्म राष्ट्रिय आर्थिक परिषद्को सदस्य पनि भईन् । [६]

उनी कवियत्री पनि हुन् र उनले केही कविताहरू पनि लेखेकी छिन् । [६]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Panday, Devendra Raj (१९८२-०२-०१), "Nepal in 1981: Stagnation Amidst Change", Asian Survey 22 (2): 155–162, आइएसएसएन 0004-4687, डिओआई:10.2307/2643942, अन्तिम पहुँच २०२३-०७-१७ 
  2. Shah, Bimal Pratap, "Libertarian Municipalism: A Township Rebellion", My Republica, अन्तिम पहुँच २०२३-०७-१७ 
  3. "Nepali Times | The Brief » Blog Archive » The Ranju Darshana phenomenon", अन्तिम पहुँच २०२३-०७-१७ 
  4. Service, Statesman News (२०२२-०६-०४), "Changing political spectrum", The Statesman, अन्तिम पहुँच २०२३-०७-१७ 
  5. "Opinion | Changing political spectrum", अन्तिम पहुँच २०२३-०७-१७ 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ "कहाँ छिन् नानीमैया दाहाल ?", Naya Patrika, अन्तिम पहुँच २०२३-०७-१७ 
  7. "नकारात्मक भोटको नमूना : नानीमैया दाहाल", Online Khabar, अन्तिम पहुँच २०२३-०७-१७ 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्