नागरिक समाज

नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन भन्ने बुझिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधार को रूपमा विश्लेषण गरेका छन् र त्यसमा विशेष दक्षिण एसियाली राष्ट्रहरू अछुतो छैनन् ।

कार्यहरूसम्पादन

सर्वप्रथम त नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्त्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरी दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने गर्दछ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँदछ । सीमा विवादमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुघ्द-दर्शक भएर बस्दैन । जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडि ल्याउँछ । समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

नागरिक समाजसम्पादन