नरैनापुर धाम
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नरैनापुर धाम त्रेतायुगदेखि नै प्रसिद्धि पाएको रूपन्देहीको सेमलारस्थित नरेश्वर महादेवमा छ। वर-पीपल र बेलका रूखका बीचमा त्रिकोण आकारको नरैनापुरधाम नेपालकै नमुना ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्वको तीर्थस्थल हो।
मन्दिर परिसरको शिलालेखअनुसार त्रेतायुगमा राम, सीता र लक्ष्मण वनवासमा रहेको बेला उक्त ठाउँमा भगवान् शंकरको शिवलिङ्ग स्थापना गरेर अर्को दिन कपिलवस्तुको लक्ष्मण घाटतिर लागेका थिए। भगवान् रामले स्थापना गरेकाले रामलाई नारायणको अवतार मानेर उक्त ठाउँ नारायणपुर हुँदै पछि नरैनापुर भएको हो। राम, सीता र लक्ष्मण बास बस्दा न्यानोका लागि रातभर मूढा बालेका थिए। त्यस ठाउ“मा पछि अग्नि कुण्ड बनाई २०१८ सालदेखि अनवरत मूढा बालिँदै आएको छ। जसबाट निस्किएको खरानी सुरक्षित गरी करिब साढे दुइ मिटर अग्लो थुप्रो बनाएर लिपी पूजा गर्ने गरिन्छ।
पश्चिम तर्राईकै प्राचीन मन्दिर मानिने नरैनापुरधाममा महाशिवरात्रीमा ७ दिनसम्म मेला लाग्छ। जसमा नेपालबाहेक भारतको नौतनहवा, लखनउ तथा गोरखपुरबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउँछन्। कात्तिक पूणिर्मामा तथा एकादशीमा पनि यहाँ ठूलो मेला लाग्छ। मेलामा रामलीला तर्राईको प्राचीन सोरठी, मयुर नाच देखाइन्छ। यसबाहेक प्रत्येक सोमबार स्थानीय भक्तजनहरूको भीड लाग्छ।
नेपाली प्यागोडामिश्रति शैलीमा बनेको उक्त मन्दिरमा रहेको शिवलिङ्गमा पूजाआजा तथा जलार्पण गरेमा विभिन्न रोग-व्याधि, प्राकृतिक (दैवी) प्रकोप आदिबाट बच्न सकिन्छ भन्ने जनविश्वास छ। छोराछोरी नहुने दम्पतीले मन्दिरमा सत्यनारायणको पूजा लगाए सन्तान प्राप्त हुने र खडेरीमा पूजा गरे वर्षात् हुने विश्वासले यहाँ टाढा-टाढाबाट पनि मानिसहरू पूजा गर्न आउँछन्। शिलालेखअनुसार धेरै समयपहिले मन्दिरको तल सुन-चाँदी तथा पैसा रहेको विश्वासमा खन्न खोज्दा त्यहाँ एउटा शिवलिङ्ग भेटिएको थियो। त्यसपछि अनगिन्ती र्सप, बिच्छी तथा ग“गटा निस्किएपछि खन्न छोडिएको थियो। जमीन खन्ने सबैका आ“खाको ज्योति गुमेको थियो।