राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । [१]

नरसिंहदेव
डोय राज्यको राजा
शासनकालवि सं १२४५-१२८४
पूर्वाधिकारीगङ्गादेव
उत्तराधिकारीरामसिंहदेव
मृत्यु१२८४
सन्तानरामसिंहदेव
वंशकर्णाट वंश
धर्महिन्दु
12th century Stone Inscription from Simroungarh in Tirhuta script

उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो ।[२] हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९८ ।
  2. मोहनप्रसाद खनाल, सिमरौनगढको इतिहास (काठमाडौँ: नेपाल र एसियाली अनुसन्धानकेन्द्र २०५६) पृष्ठ ५०-५५