धुर्बे नेपालको चितवन राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली भाले हात्ती हो। यसले सन् २००९ देखि २०१२ सम्मको चार वर्षको अवधिमा १६ जनाको ज्यान लिइ ५० भन्दा बढी घर भत्काइदिएको थियो । सन् २०१३ मा सो हात्ती हराएको थियो तर पछि फेरी समय–समयमा देखा पर्ने गरेको छ। [१] हात्तीको नाम त्यसले मारेको सिपाहीको नाममा राखिएको हो। [२]

हात्तीले आक्रमण गर्न थाले पछि यसको ठाउँ ट्र्याक गर्न रेडियो कलर लागइएको थियो, तर केही हप्ता पछि त्यो रेडियोले काम गर्न बन्द गरेको थियो। सन् २०१२मा हात्तीले धेरै मानिसहरू मारेपछि अधिकारीहरूले यसलाई पागल घोषित गरी मार्ने निर्णय गरेका थिए। हात्ती मार्न नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जका ९३ जना जवान खटिएका थिए तर हात्ती फेला पार्न सकेन। [३] अधिकारीहरूले धुर्वे घाइते भए पनि भागेर बाँचेको दाबी गरेका थिए। [४]

धुर्बे सन् २०१८मा फेरी देखा पर्यो र सोहि वर्ष, तीर्थमनकालीस्थित चितवन राष्ट्रिय निकुञ्जको सैनिक चौकीमा घुसेर पोथी हात्तीलाई भगाएर लिएर लग्यो। सोही बेला धुर्बेले, पारस गज नामको भाले हात्तीलाई आक्रमण गरी घाइते बनाएको थियो । सन् २०२० मा, धुर्वेलाई ट्र्याक गर्न फेरि रेडियो कलर लगाउन प्रयास गरिएको थियो। [५] सन् २०२१ को अप्रिलमा गैँडा गणना गरिरहेको सर्वेक्षण टोलीलाई धुर्बेले आक्रमण गरेको थियो। त्यस घटनामा कुनै गम्भीर मानवीय क्षति भएन तर सर्वेक्षण भने अवरुद्ध भएको थियो। [५] अक्टोबर २०२१ मा, धुर्बे एक पोथी हात्तीसँगै देखा परेको थियो। [१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Dhurbe spotted in Chitwan National Park", अन्तिम पहुँच २०२१-१०-२७ 
  2. Duncan, Andrew, "On the road in West Nepal", अन्तिम पहुँच २०२१-१०-२७ 
  3. "Nepali Gov't officials divided over how to deal with killer elephant | THEAsiaN", अन्तिम पहुँच २०२१-१०-२७ 
  4. Rijal, Prahlad (२०१८-०४-१५), "Lovesick wild tusker-Dhrube elopes with female elephant", The Himalayan Times, अन्तिम पहुँच २०२१-१०-२७ 
  5. ५.० ५.१ Newsroom (२०२१-०४-०६), "Rhino census in Chitwan affected after a wild elephant attacks counting team (Nepal)", Rhino Review, अन्तिम पहुँच २०२१-१०-२७