धानको मरुवा धानलाई असर गर्ने ढुसीजन्य रोग हो । यो रोग संसारका ८५ वटा देशमा लाग्ने गरेको बताइन्छ ।[]

 
पातमा देखिएका खैरा थोप्लाहरू

बालाको घाँटी चाउरिएका र वरिपरि खरानी रङका भुवादार लाही र पातका केन्द्रामा खैरा थोप्लाहरू देखिन्छन् । रोगका लक्षण प्राय बोट भरी नै देखिन्छन् । यसले बालामा कम दाना लाग्ने गराउँछ ।[]

हावामा रहेको पानीको मात्रा र पातको चिस्यानले रोगलाई प्रोत्साहन गर्छ ।

रोग निरोधक जातको विकास एवम् प्रयोग, सिँचाइ र विषादीको उचित र आवश्यक मात्राको प्रयोग यसको व्यवस्थापनका लागि अपनाउन सकिन्छ ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. १.० १.१ S.C. Scardaci (२००३), "Rice Blast: A New Disease in California", University of California-Davis: Agronomy Fact Sheet Series 1997-2, मूलबाट २००६-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०२-२५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००६-०९-११ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्