धनुष्टंकार

धनुष्टंकार क्लस्त्रिडिउम टिटानी नामक ब्यक्टेरियाको सङ्क्रमणले हुन्छ। धनुष्टंकार प्राय : बच्चालाई लाग्ने रोग हो। मानिस  , गाई , घोडा , बाख्रा जस्ता जनावरको दिसा , खिया लागेका हतियार , प्रदुशित माटो वा बच्चाको नाइटोबाट शरीरभित्र जीवाणु प्रवेश गर्दछ ।

रोगको लक्षण सम्पादन गर्नुहोस्

(क) बच्चाले आमाको दुध चुस्न सक्दैन |

(ख) मुख र बङगराको वरीपरिको मासु कडा हुन्छ ।

(ग) शरीर पछाडितिर धनुष जस्ताइ बाङ्गिन्छ ।

(घ) खाना चपाउन र् निल्न सक्दैन , क्रमिक रूपमा श्वास प्रश्वासमा बाधा पुग्छ।

(ङ) घाटीको मान्सपेशी खुम्चेर स्वर नखुल्ने हुन्छ।

सावधानी / बच्ने उपाय सम्पादन गर्नुहोस्

(क) बच्चालाई डिपिटी खोप लगाउनु पर्छ ।

(ख) महिललाई टिटी खोप लगाउनु पर्छ।

(ग) घाउ भएको बेलामा धुलो, माटो र गोबरमा चल्नु हुँदैन ।

(घ) घाउमा सफा कपडा लगाउनु पर्छ।

(ङ) खिया परेको हतियारले घाउ भएमा २४ घण्टाभित्र टिटी खोप लगाउनु पर्छ ।

(च) घाउलाई साबुन पानीले धुनुपर्छ ।

(छ) नवजात शिशुहरूको साल काट्दा निर्मलिक्रित औजार प्रयोग गर्नु पर्छ ।

उपचार सम्पादन गर्नुहोस्

धनुष्टंकारको उपचार सम्भव छैन । यो रोग रेविज जस्तै लागेपछी निको हुँदैन ।